होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ११ असोज। बडीमालिका नगरपालिका वडा नं. ५ मनाका दलित परिवारले लगाएको ताला सहमति विना खोलिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् । वडा कार्यालयमा ताला लगाउने पक्षसंग कुनै सल्लाह नगरी प्रहरी प्रशासनको आडमा वडाका केही स्थानीय र वडा सदस्यहरुले आईतबार जवरजस्ती ताला खोलिएपछि स्थानीय आक्रोसित भएका हुन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास […]
नागरिक रैबार/बाजुरा ८ असोज। काँग्रेस छोड्यौं, नेकपामा प्रवेश भयौं कै को क्या लाग्यो ! यो भनाई नेपाली काँग्रेस पार्टी परित्याग गरि सोमबार मात्रै नेकपामा प्रवेश गरेका बडीमालिका नगरपालिका १ का युवा गणेश खड्काको हो । उनले भने हामी हो विगत देखि काँग्रेस पार्टीमै आस्थावान थियौं । काँग्रेस संगै लामो समय सहयात्रा गरेर बसेका थियौं । […]
रामबहादुर विक/ बाजुरा ८ असोज। बाजुराका महिलाहरु पछिल्लो समयमा सिलाईकटाई व्यवसायमा सक्रिय भएर लागेका देखिन्छन् । चुलो, चौकोमा मात्रै सिमित हुनुभन्दा आयआर्जन मुलक सीप गरेर महिलापनि आफै आत्मनिर्भर बन्न सक्छन् भन्ने उद्देश्यले यहाँका कतिपय महिलाहरु पछिल्लो समयमा यो पेशालाई व्यवसाय नै बनाएर लागेका देखिन्छन् । दर्गम तथा पिछडीएको जिल्ला भनेर चिनिने बाजुराका हरेक ग्रामिण स्तरमा […]
नागरिक रैबार/बाजुरा ८ असोज । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ५ का दलित परिवारले वडा कार्यालयमा तालावन्दि गरेका छन् । चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिति बनाउँदा कुनैपनि योजनामा दलित समुदायलाई प्रमुख स्थान नदिएपछि मनाका ४० दलित परिवारहरुले विहिबार वडा कार्यालयमा तालावन्दि गरेका हुन् । वडा अध्यक्ष बलबहादुर थापा र […]
राजेन्द्र बिक/बाजुरा ८असोज । स्थानीय लेखकहरुको क्षमता अभिबृदीका लागि संचालित ५दिने कार्यशाला सम्पन्न भएको छ।बालबालिकाको शिक्षण सिकाइमा तहगत पाठ्यपुस्तकको महत्व बुझाउन तथा स्थानीय लेखकहरुको क्षमता अभिबृदी गराइ तहगत सरल किताब लेखी Bloom Book Library मा भएका पुस्तकहरु खोल्न र डाउनलोड गर्न सकुन भन्ने उदेश्यका साथ संचालन भएको तालिम यहि असोज ४गतेबाट शुरु भइ आज सम्पन्न […]
रामबहादुर विक/बाजुरा ८ असोज। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि ३ सिप्टमा पढाई संचालन हुँदै आएको छ ।कोरोना भाईरस कोभिड-१९ का कारण गत चैत ११ गते देखि सरकारले जारी गरेको लकडाउनका कारण विद्यालय सञ्चालन हुन् सकेका थिएन्न । लामो समय देखि बन्द भएका सामुदायिक विद्यालयहरुमा अहिले क्रमस पढाई संचालन हुन […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीले नगरपालिकाका शाखाहरुसंग अन्तरक्रिया गरेको छ । मंगलबार नेकपा बडीमालिका नगरसंगठन कमिटीले एक औपचारिक कार्यक्रमको आयोजना गरेर नगरपालिकाका शाखाहरुले चालु आर्थिक वर्षमा विनियोजन गरेका योजना र वार्षिक बजेटको कार्यान्वयनका बारेमा अन्तरक्रिया गरेको हो । स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि वर्षेनी विनियोजन हुने बजेट र कार्यान्वयन […]
नागरिक रैबार/बाजुरा ६ असोज। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले बगाउँदा मृत्यु भएकी बडीमालिका नगरपालिका २ घाघरकी ६७ वर्षिया ऐसेनी महतको नाममा सत्यवादी माविमा अक्षय कोषको स्थापना गरेको छ । स्वग्रीय महतको मंगलबार परेको ४५ औं दिने तिथिको अवसरमा मृतक महतका श्रीमान महाविर महत र छोराहरु डम्बर महत, कर्ण महत र प्रेम […]
नागरिक रैबार/बाजुरा ४ असोज। बडीमालिका नगरपालिकाका भित्रका ४० जना सिपमुलक तालिम सिकेका किशोरी, एकल महिला, अपाङ्ग टुहुरा र अति गरिब महिलालाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको छ । मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि. युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत उक्त राहत बडीमालिकाका ४० जना महिलालाई वितरण गरिएको हो । सिपमुलक तालिम सिकेका […]
नागरिक रैबार/बाजुरा १ असाेज। बडीमालिका नगरपालिका वडा नं. ५ मनामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका ५ का वर्ष ४५ का कलक साउँद रहेका छन् । उनी विहिबार विहान गाइ भैसीका लागि घाँस काट्दै गर्दा रुखबाट लडेर घाइते गम्भिर घाईते भएको स्थानीय पुष्प मिजारले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। बडीमालिका नगरपालिका ८ रावलबाडाका लालबहादुर रावलका छोरा ३२ वर्षिया बल बहादुर रावलको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका रावल मंगलबार राति काम गर्न जाने क्रममा भारतको राजस्थान श्रीगंगानगर भन्ने ठाउँमा मोटरसाईकल दुर्घटनामा परेर शक्त घाईते भएका थिए । मोटर साईकल दुर्घटनामा परेर शक्त घाईते भएका रावलको […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। नेकपा बडीमालिका नगरसंगठन कमिटीले बडीमालिका नगरपालिकामा नगर प्रमुख पदम बडुवालले एकलौटी रुपमा नगर सरकार संचालन गरेको भन्दै ध्यानाकर्षण गराएको छ । बुधबार बडीमालिका नगर संगठन कमिटिका पदाधिकारी र नेकपा जिल्ला कमिटीका नेतासहितको टोलीले नगरपालिकामै गएर नगर प्रमुख पदम बडुवालको ध्यानाकर्षण गराएको नेकपा बडीमालिका नगर संगठन कमिटीका सचिव चन्द्र थापाले बताएका छन् […]
रामबहादुर विक/बाजुरा २७ भदौ। जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ३ ताँप्रा घर भएकी १७ वर्षिया किसोरी रुदै न्याय माग्न जिल्ला प्रहरी कार्यलय बाजुरामा पुगेकि छन् । करिव १ वर्ष अगाडि गाउँकै करन नेपालीले आफु संग विबाह गर्छु भन्दै शारिरीक सम्बन्ध समेत राखेर अहिले अकैै केटीसंग विबाह गरेपछि आफु अलपत्र परेको नागरिक रैबारसँग उनले गुनासो गरेकी […]
नागरिक रैबार/बाजुरा २७ भदाै । बडीमालिका नगरपालिकामा कर्मचारीहरुको छाता संगठन नगर स्तरीय मंच गठन गरिएकाेे छ । नगरपालिकाकै वीरबहादुर विष्टको अध्यक्षतामा बडीमालिका नगर स्तरिय स्थानीय तह कर्मचारी हक हित मञ्च गठन गरिएको हाे। जसमा अध्ययक्षमा वीरबहादुर विष्ट, उपाध्यक्ष माया अवस्थी, सचिवमा रामबहादुर कटुवाल, सह सचिवमा नवराज बुढा, कोषाध्यक्षमा सरिता कुमारी ठकुल्ला र सदस्यमा इश्वरा कुमारी […]
नागरिक रैबार/बाजुरा २७ भदौ। विश्व यतिवेला कोरोना भाईरस संग लडिरहेको छ । नेपालमा दिनहँुजसो संक्रमित थपिरहेका छन् । त्यस्तै कोरोनाकै कारण मर्नेको संख्यापनि दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले लामो सयमदेखि जारी गरेको लकडाउनका कारण दुर्गम क्षेत्रका अतिविपन्न परिवारको घरमा चुल्हो बल्ने स्थिति पनि छैन् । उनीहरु बेसहारा परिवारका लागि खाद्यन्न तथा राहत जुटाउन बुढीगंगा […]
राम बहादुर विक/बाजुरा २६ भदौ । गत साउन २५ गते राति अविरल बर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिव्रिज बगाएपछि साँफे-मार्तडी सडकको सम्वन्ध विच्छेद भएको थियो । बाढीले उतm ठाँउमा रहेको बेलीब्रिज पुल बगाएपछी स्थानियहरुलाई आवत जावत गर्न निकै सास्ती खेप्नु परेको थियो ।स्थानियहरुले सास्ती खेपी रहेको केही दिन पछी बडिमालिका नगरपालिका वडा ५ […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बडीमालिका नगरपालिकाको ८ नंम्बर वडा भित्रका विभिन्न होटल तथा पसलबाट म्याद नाघेका अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले बडीमालिका नगरपालिका ८ स्थित राप्क बजार बाट ५ पेटी वियर, पाँच लिटर घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा २३ भदौ। बडीमालिका नगरपालिकाले संचालन गरिरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उप-प्रमुखको सुत्क्यारो भाँडो नगरका गर्भवति र सुत्केरी आमालाई हस्तान्त्रण गरिएको छ । नगरपालिकामा संचालन भईरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत कोभिड-१९ बाट प्रभावित बनेका नगर भित्रका गर्भवति तथा सुत्केरी आमालाई उप-प्रमुखको सुत्क्यारोे भाँडो अन्तरगत पोषण सम्वन्धि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको हो । बडीमालिका नगरपालिकाको […]
रामबहादुर विक। विधुत सट भएर बडिमालिका नगरपालिका वडा नं ९ मा रहेको एक घरमा आगलागि भएको छ । आइतबार दिउसो करिव २ बजे तिर विद्युतको तार सट भएर सोही नगरपालिका वडा नं ९ का स्थानिय सुर्य थापाको घरमा लागलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विधुत सट भएर आगलागी हुदा घरका भ्याल ढोका […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले स्वदेशमै केही गरि खाने युवाहरुले आफ्नो ठाउँको यसरी नै माटो चलाए पुग्ने बताएका छन् । शनिवार दिउँसो बडीमालिका नगरपालिका वडा नं. ९ स्थित अनाई खोलाको किनारमा व्यवसायीक रुपमा टमाटर खेति गरिरहेकी माया विकको तरकारी खेतीको अवलोकन गर्दै सो कुरा बताएका हुन् । […]