होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस बाजुराका पुर्व सभापति रावललाई कोरोना पुष्टि
समाचार

नेपाली काँग्रेस बाजुराका पुर्व सभापति रावललाई कोरोना पुष्टि

  • नागरिक रैबार
नेपाली काँग्रेस बाजुराका पुर्व सभापति रावललाई कोरोना पुष्टि

नागरिक रैबार/बाजुरा १९ कार्तिक। नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका पुर्व सभापति मनबहादुर रावललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

पुर्व सभापति रावलको सेति प्रादेशिक अस्पताल धनगढीमा पिसिआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । रावललाई स्वास फेर्न समस्या भएपछि कार्तिक १७ गते उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुगेका थिए । बाजुरा अस्पतालमा उपचार गर्दा कोरोनाको लक्षणहरु देखा परेपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको बाजुरा जिल्ला अस्पतालले जनाएको छ ।

पुर्व सभापति रावल धनगढीबाट गत कार्तिक ८ गते मात्र बाजुरामा पुगेका थिए । बाजुरा पुगेकै दिनदेखि उनलाई ज्वरो र रुघाखोकी लागेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि काँग्रेस बाजुराका पुर्व सभापति रावल अहिले धनगढीमा आईसोलेशनमा बसिरहेका छन् ।

विज्ञापन

कोरोना संक्रमण पुष्टि भएका नेता रावललाई बाजुरा जिल्ला अस्पतालमा यस अघि उपचारमा खटिएका जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्मा पनि अहिले होम आईसोलेशनमा बसेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार