बिहिबार, मंसिर १८, २०७७
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसीलाई
Breaking News

फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसीलाई

  • नागरिक रैबार
फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसीलाई

नागरिक रैबार/बाजुरा ७ कार्तिक। रानीबन स्पोर्ट क्लवद्धारा आयोजित सेबन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको छ ।

बडा दशैं तथा शुभ दिपावली २०७७ को अवसरमा रानिवन स्पोट्र्स क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि एमएसवाईसी क्लबले हात पारेको हो ।

विज्ञापन

कार्तिक १ गतेबाट बाजुरा क्याम्पसमा संचालन भएको उक्त प्रतियोगितामा २४ टिम मध्ये आयोजक रानिवन स्पोट्र्स क्लव र एमएसवाईसी क्लब फाईनलमा प्रवेश गरेका थिए । शुक्रबार भएकोे फाईनल खेलमा आयोजक रानीबन स्पोट्र्स युथ क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै एमएसवाईसी क्लव प्रतियोगिताको विजेता बनेको हो ।

प्रतियोगिताको विजेता बनेको एमएसवाईसी क्लवलाई नगद १५ हजार मेडल र ट्रफी सहित प्रमाण पत्र दिईएको छ । त्यस्तै उपविजेता बनेको आयोजक रानिवन स्पोट्र्स क्लवलाई नगद १० हजार सहित ट्रफि, मेडल सहित प्रमाण पत्र दिईएको छ ।

खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेकाे भनि  फुटबल खेल क्षेत्रमा भाेलिकाे ज्वजल्यमान भविष्य भएकाे उदयमान खेलाडीका रुपमा रानीवन स्पोट्र्स क्लवका खेलाडी शेरबहादुर विकलाई घोषित गरिएको थियो ।

त्यसैगरी गोक रक्षकमा रानिवनकै अर्का खेलाडी दिपेन्द्र देउवालाई घोषित गरिएको थियो ।

त्यस्तै उत्कृष्ठ खेल प्रर्दशन गर्ने एमएसवाईसीका दिपेन्द्र बुढालाई उत्कृष्ठ खेलाडीमा घोसित गरिएको छ ।

खेल समापनमा बोल्दै रानिवन स्पोट्र्स क्लवका अध्यक्ष धुव्रबहादुर रोकायाले खेलकुद क्षेत्रको विकासका लागि सम्वन्धित निकायले आवश्यक लगानी गर्नुपर्ने बताएका थिए । साथै उहाँले सवै कुरा राजनीतिक तवरबाट व्यवस्थापन हुने भएकोले खेलकुद विकास समितिमा खेल क्षेत्रको विकासमा जोड दिन सक्ने मान्छेलाई छनोट गर्नुपर्ने जोड दिएका थिए ।

रानीवन स्पोर्ट्स क्लवका अध्यक्ष धुर्व रोकायाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा बाजुरा कार्यालय सदस्य गगन रावल, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस प्रतिनिधि जनक थापा,नि.क्याम्पस प्रमुख काँशी प्रसाद जोशी,अथितीहरू नेपाल पत्रकार महासँघ बाजुरा सचिव प्रेमबहादुर विक, नेकपा बडीमालिका ८ का  नेता दल ब थापा, ९ का राजेश पायल वि.क, टेड्र युनियन बाजुरा अध्यक्ष धन बहादुर थापा, मालिका माविका नि प्राचार्य शेर रावल लगायत खेलाडहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन रानिवन स्पोटस क्लवका खेल सयोजक शेरबहादुर रावलले गरेका  थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार