होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस सभापतिको गाउँ खाली हुँदै, नेकपामा प्रवेश गर्नेको लर्को
समाचार

काँग्रेस सभापतिको गाउँ खाली हुँदै, नेकपामा प्रवेश गर्नेको लर्को

  • नागरिक रैबार
काँग्रेस सभापतिको गाउँ खाली हुँदै, नेकपामा प्रवेश गर्नेको लर्को

नागरिक रैबार/बाजुरा ८ कार्तिक। नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितको गाउँ खाली हुँदै नेकपामा प्रवेश गर्नेको लर्को लागेको छ । काँग्रेस सभापतिको गाउँबाट काँग्रेसकै सक्रिय कार्यकर्ताहरु पार्टी छाडेर नेकपामा प्रवेश गर्न थालेपछि पार्टी सभापति पण्डितलाई ठुलो झट्का लागेको छ ।

नेकपा बडीमालिका १ वडा संगठन कमिटीले गत असोज ५ गते वडामा आयोजना गरेको दोस्रो बैठक तथा जनता भेटघाट कार्यक्रममा सभापति पण्डितकै गाउँबाट गणेश खड्का लगायत १० जना काँग्रेसका सक्रिय कार्यकर्ताले नेकपामा प्रवेश गरेका थिए ।

त्यस्तै कार्तिक ७ गते हिजो शुक्रबार नेकपा १ नम्बर वडा संगठन कमिटीले फेरी वडामा नै आयोजना गरेको बडा दशै तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बडीमालिका १ का नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता प्रकाश चन्द्र भण्डारी लगायत ९ परिवारले नेपाली काँग्रेस छाडेर नेकपामा प्रवेश गरेका थिए ।

विज्ञापन

नेपाली काँग्रेस छाडेर नेकपामा प्रवेश गर्ने बडीमालिका १ पिनालेखका नव प्रवेशी प्रकाश चन्द्र भण्डारीले पार्टी प्रवेश गर्दै भनेका थिए हामी हो विगत देखि नै काँग्रेस पार्टीमै आस्थावान थियौं । काँग्रेस संगै लामो समय सम्म सहयात्रा गरेर बसेका थियौं । पछिल्लो समयमा आएर वडाकै नेताले काँग्रेस बाजुरा सभापतिको नेतृत्व गरिरहँदा गाउँमा सामाजिक न्याय, समानता, गुणस्तरीय विकास तथा सामाजिक रुपान्तत्रणमा प्रभावकारी भुमिका खेल्न नसकेकोले आफ्नो भविष्य नै नेकपामा देखेर काँग्रेस परित्याग गर्न बाध्य भएको बताएका थिए ।

नेकपा १ नम्बर वडा संगठन कमिटीले आयोजना गरेको बडा दशै तथा शुभदिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस छाडेर नेकपामा प्रवेश गर्ने प्रकाश चन्द्र भण्डारी लगायतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य एंव बाजुराका सह-ईन्चार्ज प्रकाश शाहले अविर र माला लगाएर नेकपामा स्वागत गरेका थिए ।

सुदूरपश्चि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका मन्त्री शाहले देशको भविष्य नै नेकपाको हातमा देखेर नेकपालाई रोजेर आउने नवप्रवेशीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । वडामा आयोजित उक्त कार्यक्रममा गाउँमा पुगेका शाहलाई वडाबासीहरुले भव्य स्वागत गरेका थिए ।


नेकपा १ नं. वडा संगठन कमिटिका अध्यक्ष महेन्द्र दानीको अध्यक्षतामा संचालन भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथि बडीमालिका क्याम्पस उपप्राध्यापक धर्मराज जैशी, नेकपा जिल्ला कमिटी सदस्य लालबहादुर कार्की रहेका थिए ।

त्यसै गरी कार्यक्रममा नेकपा बडीमालिका नगर संगठन कमिटि सचिव चन्द्र थापा, कल्पना साउँद, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य गणेश थापा, जिल्ला संयोजक सन्तोष विक, विद्यार्थी नेता जंग विक, प्रेम नेपाली लगायत ३ सय बढी नेकपाका कार्य कर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेकपा बडीमालिका नगरकमिटी सचिवालय सदस्य मानबहादुर कार्कीले गरेका थिए ।

यी हुन् वडा नं. १ बाट काँग्रेस छाडेर नेकपामा प्रवेश गर्नेहरुः
गत असोज ५ गते काँग्रेस छाडेर नेकपामा प्रवेश भएका गणेश खड्का, पदम कार्की, गम्भिर कार्की, दिल कार्की, झलक कार्की, वीरबहादुर कार्की, धनबहादुर कार्की, कृष्ण विक, तिलक कार्की र डवल कार्की हुन् भने त्यस्तै कार्तिक ७ गते काँग्रेस छाडेर नेकपामा प्रवेश गर्ने प्रकाश चन्द्र भण्डारी, फुँगी सार्की, बुदे कार्की, हर्क कार्की, हरिचन्द्र कार्की, नरेन्द्र कार्की, देव बहादुर कार्की, गिता विक र दिलबहादुर कार्की रहेका छन् ।
मन्त्री शाहलाई सल्लेनाबासीको ज्ञापन पत्र


सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई सल्लेनाबासीले जाल्पादेवीको मन्दिरको प्रर्वद्धन गर्न र सल्लेनामा शहरी स्वास्थ्य केन्द्र स्थापना लागि माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । सल्लेनाबासीका तर्फबाट पदम कार्कीले मन्त्री शाहलाई ज्ञापन पत्र मार्फत प्रदेशबाट सल्लेनाबासीका लागि आवश्यक बजेट विनियोजन गरि सहयोग गरिदिन माग राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार