बिहिबार, मंसिर १८, २०७७
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • नेकपा ९ नम्बर वडा कमिटी अध्यक्षद्धारा चंदाराको उपचारका लागि आर्थिक सहयोग
पत्रपत्रिका

नेकपा ९ नम्बर वडा कमिटी अध्यक्षद्धारा चंदाराको उपचारका लागि आर्थिक सहयोग

  • नागरिक रैबार
नेकपा ९ नम्बर वडा कमिटी अध्यक्षद्धारा चंदाराको उपचारका लागि आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा १० कार्तिक। भिरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि नेकपा बडीमालिका ९ नम्बर वडा कमिटी अध्यक्ष राजेश पायल विकले आर्थिक सहयोग गरेका छन् ।

नेकपा वडा ९ नम्बर वडा कमिटीका अध्यक्ष विकले चंदाराको उपचारका लागि रु चारहजार आर्थिक सहयोग गरेका हुन् ।
घाईते चंदाराको घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले उनको उपचारका लागि आर्थिक सहयोग गरेको वडा कमिटी अध्यक्ष विकले बताएका छन् ।
सो रकम नेकपा बडीमालिका ९ का वडा कमिटी अध्यक्ष विकले घाईते चंदाराका दाई प्रसादे चंदारालाई हस्तान्त्रण गरेका छन् ।
चंदारा गत असोज २२ गते विहिबार दिउसो घरको लागि दारकाठको खोजी गर्ने क्रममा गुनिभिर नजिकैको जंगलको भिरबाट लडेर घाईते भएका थिए ।
घाईते भएका चंदाराको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेपछि उनका परिवारले रिण निकालेर उपचारका लागि काठमाण्डौं लगिएको थियो । अहिले चंदाराको काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार