होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँछौं नेता – रावल
समाचार

सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँछौं नेता – रावल

नगरको १ सय ५० करोड कता हरायो ?

  • नागरिक रैबार
सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँछौं नेता – रावल

नागरिक रैबार
कार्तिक ७ बाजुरा
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । सबै कुराको व्यवस्थापन राजनीतिले नै गर्ने भएकाले स्तरीय खेलमैदान बनाउँन पनि राजनीतिक तहबाट र आफु व्यक्तिगत तवरबाट समेत प्रतिवद्ध रहेको बताउँनु भएको छ ।
कार्तिक १ गतेबाट संचालित उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अथितिसमेत रहेका नेता रावलले बाजुरा जिल्लामा खेल क्षेत्रको व्यापकता बढेसँगै बडीमालिका नगरपालिका सेवा क्षेत्र भित्र एक स्तरीय खेल मैदानको खाँचो रहेको उहाँले बताए ।
खेल क्षेत्रको वृद्धि र विकास गर्न उचित खेलमैदान हुन् अति जरुरी हुन्छ । खेलाडीहरुको क्षेमता अभिवृद्धि गर्न यसले अहम भूमिका खेलेको हुन्छ । खेल जगत सिरफ खेलाडीका लागिमात्र नभई यसले समग्र जिल्लाको पहिचान र विकासको अंग भएकाले तीनै तहका सरकारले यसको उचित व्यवस्थापन गर्न जरुरी छ ।
प्रयटन प्रर्वद्धनसमेतमा यसले अहम भमिका खेल्ने भएकाले त्यो हिसावलेपनि खेल जगतको विकास गर्नुपर्ने हुन्छ उहाँले भने ।
होला कैतै राजनीति त्यो ठिक छ । तर, विकास गर्न राजनीति हुनु हुन्न् । आ–आफ्नो क्षेत्रबाट साझा बुझाई राखेर काम गर्नुपर्ने हुन्छ ।
युवा खेलाडीहरु यही भुमिबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म बाजुराली खेलाडी पुगिसकेकोमा गर्भानुभूति गर्नेपर्ने प्रयाप्त ठाउँ रहेका बताए । जिल्लाको बडीमालिका नगरपालिकाले एकजना महिला किक बोक्सिङ्ग खेलाडी पुनम रावल समेत जन्माएको कुरा खेलाडीहरुलाई अवगत गराउँदै अनुशासनका साथ आफ्नो खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरेका थिए ।
नेता रावलले खेलडीहरुको उच्च सम्मान गर्दै रानीबन स्पोर्टस क्लबका खेलाडीहरुको स्तरीय खेल मैदानको जाहेज मागको विषयमा आफू कटिबद्ध भएर लाग्ने बताए ।
यतिबेला स्थानीय सरकारमा नेपाली काँग्रेस भएकाले उसले पनि खेल क्षेत्रको विकास र प्रवृद्धनमा चाँसो देखाउँनु पर्नेमा जोड दिएका छन् ।
बडीमालिका नगरपालिकाले १ सय ५० करोड रुपैया विकास बजेट खर्च गरि सक्यो तर, ठोस नतिजा नआएको जिकिर गरे ।
बरु आफ्ना कम्जोरीहरु होलान् । त्यसमा हामी आत्मआलोचि हुनुपर्ला । तर, नगरले एक नगरपालिका एक खेलमैदान भन्ने नारा दियो । खै कता हरायो नारा ? भन्दै काँग्रेसको नेतृत्वलाई आरोप समेत लगाएका छन् ।

रानीवन स्पोर्ट्स क्लवका अध्यक्ष धुर्व रोकायाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा बाजुरा कार्यालय सदस्य गगन रावल, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस प्रतिनिधि जनक थापा,नि.क्याम्पस प्रमुख काँशी प्रसाद जोशी,अथितीहरू नेपाल पत्रकार महासँघ बाजुरा सचिव प्रेमबहादुर विक, नेकपा बडीमालिका ८ का  नेता दल ब थापा, ९ का राजेश पायल वि.क, टेड्र युनियन बाजुरा अध्यक्ष धन बहादुर थापा, मालिका माविका नि प्राचार्य शेर रावल लगायत खेलाडहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन रानिवन स्पोटस क्लवका खेल सयोजक शेरबहादुर रावलले गरेका  थिए ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार