होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, असार १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हाम्रा लागि उज्यालाई छौ, “प्रकाश”
Breaking News

हाम्रा लागि उज्यालाई छौ, “प्रकाश”

यो महिनालाई त भयो । अर्का महिना कसरी ल्याउँला दवाई ?

  • नागरिक रैबार
हाम्रा लागि उज्यालाई छौ, “प्रकाश”

नागरिक रैबार/बाजुरा ६ कार्तिक। एकातिर कोरोनाको डर । हाटबजारका भारी त बोक्दा छियाउँ । त्यहीपनि कामकाज काँहीँनाई । अर्कातिर अशक्त घाईते अर्धचेतका साथमा पति । पासमा पैसोपानी छैन् । दुई साना छोराछोरी । आफू एक्ली क्यापठी गरु । पतिलाई खकछोल्याई (काखमा) लिई बाहिरभित्र गर्नुपर्ने । घरको चुलो बालुकी ? औषधी मुलो यीनको दवाई पत्ताईगरु । साह्रै सन्ताप छन् भनिन् – बडीमालिका नगरपालिका वडा नं. ९ कि खिरी चँदाराले । यीनको यो कथा आजको पाँच वर्ष पहिला भारतको नयाँ दिल्लीमा कामकाजको सिलसिलामा गएका वेला सवारी दुर्घटनामा परि शक्त घाईते भई अर्ध चेतका पति लालबहादुर चँदारा यसो हुँदाले हो ।

गरिखाने उमेरमा पतिलाई गाडीले हान्दा ज्यान त बच्यो । तर, मरे तुल्य हुने सरह हुने गरी बाँचे । टाउँको नै किचिएकाले उपचारमा निकै खर्च भयो । साहको व्याज निकाले जसोतसो स्वास त फर्काए । अर्ध चेतन अवस्थामै रहे । भारतीय डाक्टरले पुरपुरोमा एउटा हड्डी थप्न भारु २ लाख लाग्ने बताउँदा थप उपचार गराउँन नसक्ने भई घर फर्केर यसै बसी रहेका छौँ उनले दुखेसो पोखिन् ।

नागरिक रैबारमा अघिल्ला अघिल्ला दिनहरुमा लालबहादुर चदाराका विभिन्न शीर्षकमा छापीएका समाचारहरुबाट सूचितभई नेपाल पत्रकार महासंघ बाजुरा जिल्ला शाखाका अध्यक्ष प्रकाश सिंह आफ्नो तर्फबाट सानोतिनो सहयोग गर्ने इच्छा देखाई दिँदा अनलाईनका अध्यक्ष रमेश वि.क खुशी व्यक्त गरेका छन् ।

विज्ञापन

त्यसैपनि दशैँको मौका । हुनेको प दशैँ छ । नहुनेलाई त दशाई त हो । यही वीचमा केही सधै गरिवदुखी तथा व्यसाहाराको साहारा बनेका सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिंहले लालबहादुर चदाराको उपचारमा सहयोग पुग्ने हेतुले नगद रु ५ हजार २ सय ५० दिनुले समाजमा मानवता जिवित रहेको भन्दै खुलेरै प्रशंषा गरे प्रकाशको ।

यसैमा खिरीले झन प्रसंशा गर्दै भनिन्– हाम्रा लागि उज्यालाई छन् प्रकाश । उहाँले पहिलापनि मेरा पति यसै अवस्थामा झन घरैनजिक फेरि लडेर चोटैमाथि चोट भई तलतिर उपचार गराउँन लिँदा नगद घरैपुगी १० हजार दिई जानु भयो । अझ नजिकिदै गरेको दसैलाई जोखो गर्नुपनि धौ–धौ थियो । ठुलै गुन मान्या हजुर । प्रत्येक महिनाको ५ हजार ५ सयको मेडिकलबाट औषधी किनेर नियमित खानु पर्छ । यही महिनालाई त भयो । पछि क्या गरुला दुःखै छन् ।

कथा यसै नभएपनि अर्की बडीमालिका नगरपालिका वडा नं. २ बस्ने चक्र खत्रीको क्यान्सरका कारणले मृत्यु भएपछि उनका विचल्लीमा रहेका तीन बच्चा सहितकी शारदा खत्री वेसाहार परिवारलाई दसैँमा घरखर्च गर्न केही मद्दत पुगोस् भन्ने विश्वासले तिनलाईपनि नगद रु ५ हजार २ सय ५० सहयोग गरेको पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहले नागरिक रैबारलाई जानकारी गराएका हुन् ।

प्रकाशले यसै वीचमा बडीमालिका नगरपालिका वडा नं. ९ का मानसिंग वि.क भीरबाट लडी मेरुदण्ड भाँचिएर काठमाडाँै ट्रमा सेन्टरमा उपचारमा समेत निकै मद्दत पुगाई रहेका छन् ।

यसा दर्जनौँ विभिन्न घटना र परिवेशबाट प्रताडित असाय, अशक्त, टुहुरा, अनाथ, एकल महिला, वयवृद्ध, लगाएत अझ भनौँ भने हामी जसा अभावैले उपचार गर्न नसकि घरै मर्नु पर्नेका त साक्षात् भगवान बनेका छन, प्रकाश भन्दा सुनेको छिँया । साँच्ची रह्याई छन् । मानसिंग वि.कका दाजु प्रसादे चदाराले भने ।

प्रकाश सिंह कुशल पत्रकार त हुँदैहुन् । अझ बढी सामाजिक अभियान्ता नै हुन् । देश तथा विदेशबाट उहाँको अभियानलाई सहयोगी मनभएकाहरुले निकै मद्दत गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार