होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]
नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक […]
नागरिक रैबार/बाजुरा २२ असाेज । बाजुराकाे सदरमुकाम मार्तडीबाट बल्दै जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । शुकझसाँझ मार्तबाट बल्दै जाँदै गरे बा २१ च ४३२ नम्मरकाे जीप अनियन्त्रित भइ दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । घाईते […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको उप-सभापतिमा पदम बडुवाल विजयी भएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख समेत रहेका बडुवालले सवै भन्दा बढी ७ सय ५६ मत ल्याएर उप-सभापतिमा विजयी भएका हुन् । त्यस्तै उपसभापतिमा अर्का नारायण पाध्यायले ७ सय ४८ मत ल्याएर बिजयी भएका छन । उपसभापति २ वटा पदका लागि ३ जनाको […]
नागरिक रैबार/बाजुरा २० असोज । बाजुरामा यस वर्ष पनि ठुला- ठुला राँगालाई एक आपसमा जुधाएर दशैँको शुभारम्भ गरिने भएको छ । दसैंको अवसरमा राँगा जुधाएर दशैँको शुआरम्भ गर्नु बाजुरेलीहरुको आफ्नै प्रचनल हो । बाजुरामा प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै स्थानीयहरुले विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ । वल्लो […]
राजेन्द्र बिक बाजुरा,१७असोज । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी तपाइको मास्क खै भन्दै सदरमुकाम मार्तडीमा बजार परिक्रममा निस्किनु भएको छ। ६६ औँ प्रहरी दिवस को अवसरमा आज जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको तपाइँको मास्क खै कार्यक्रम अन्तर्गत मार्तडी बजारमा निकालिएको र्यालिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको […]
नागरिक रैबार/बाजुरा १५ असोज। बडीमालिका नगरपालिकाको एम्वुलेन्स तोडफोड गरिएको छ । विहिबार साँझ नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को मतगणना भईरहेको बेला नगरपालिका बाहिर राखिएको एम्वुलेन्स र सूचना प्रवाहका लागि कार्यालयमा टाँसिएको डिजिटल बोर्ड काँग्रेसका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकाको एम्वुलेन्स र डिजिटल बोर्ड तोडफोड गर्ने नेपाली […]
नागरिक रैबार/बाजुरा १२ असोज । बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व रेविज दिवस मनाइएको छ। जिल्लामा संचालित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले रेविज तत्थ्यलाई बुझ्नसके राम्ररी ,हट्छ डर,त्रास सधैं भरी, नबनौं’ भन्ने नाराका साथ मनाइएको हो । उक्त कार्यक्रममा रेविज कस्तो रोग हो र […]
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ । पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर […]
नागरिक रैबार/बाजुरा १२ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको सभापतिमा गोपाल कार्की चयन भएका छन् । त्यस्तै वरिष्ठ उपसभापतिमा खड्क बडुवाल (अभिनास) श्रीचन्द्र पाध्याय, सचिवमा कणर्बहादुर रावल र धनलाल खड्का रहेका छन । नगर सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगर्दा बडीमालिकाको कार्यसमिति चयनमा ढिलाई भएको थियो । गत शनिबारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा […]
नागरिक रैबार/बाजुरा ११ असोज । काँग्रेस बडीमालिकामा नगर सभापतिका लागि ५ जना उम्मेदवारहरुवीच सहमति नभएपछि नगर कार्यसमितिको नेतृत्व चयन अझै हुन सकेको छैन् । शनिबारबाट सूरु भएको काँग्रेस बडीमालिका दोस्रो अधिवेशन उद्धघाटन भएको ३ दिन वित्न लाग्दा समेत अहिले सम्म नेतृत्व चयन हुन नसकेको हो । जिल्ला भरका ९ वटा पालिका मध्ये ६ वटामा सर्वसम्मत […]
नागरिक रैबार/बाजुरा ११ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिमा सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगरेपछि निर्वाचन हुने भएको छ । नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी रहेका छन् । शनिवारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरु विच सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको निर्वाचन अधिकृत […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन सूरु भएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि नेपाली काँग्रेसका युवा नेता खडक बडुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकामा अनेमसंघ (क्रान्तिकारी) को नगर कमिटी गठन गरिएको छ । शनिबार अनेमसंघ (क्रान्तिकारी) बडीमालिका पालिका स्तरीय भेलाले सीमा विककोे अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भेलाले उक्त कमिटिको उपाध्यक्षमा फुगि रोकाया, सचिब दुर्गा बिक, सहसचिब पुना बुढा (साउद) कोषाध्यक्ष अमृता उखेडा लगायत ३५ जनाको नगर कमिटी गठन […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ को पाँच वर्षे वडा विकास योजना निर्माण गरिने भएको छ । वडाको २०७८/८९ देखि ८३/८४ सम्मका लागि पाँच वर्षे वडा विकास योजना तयारी गर्न लागिएको बडीमालिका ९ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् । बडीमालिका ९ ले आफ्नो वडाको पाँच वर्षे विकास योजना […]
नागरिक रैबार/बाजुरा ८ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि काँग्रेसका युवा नेता गोपाल कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसले जिल्लाका […]
नागरिक रैबार/बाजुरा ६ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य तथा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल क्षेत्रीय प्रतिनिधिमा वडाबाट निर्विरोध छनोट भएका छन् । हिजोबाट सूरु भएको नेपाली काँग्रेस बडीमालिका ८ नम्बर वडा कार्य समितिको दोस्रो अधिवेशनबाट युवा नेता समेत रहेका रावल नेपाली काँग्रेसको वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित […]
नागरिक रैबार/बाजुरा ६ असोज। बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको वार्षिक मोवाइल खर्च ७२ हजार भन्ने शिर्षक सहितको समाचार प्रकाशन भएपछि नगरपालिकाले विज्ञप्ति निकाल्दै आपत्ति जनाएको छ । बुधबार नगरपालिकाले एक विज्ञप्ति मार्फत नेपालको संविधानको धारा २२७ मा गाउँ तथा नगरसभाका सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा प्रदेश कानुन बमोजिम हुने व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय […]
नागरिक रैबार। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार सुनिश्चित नभएको भन्दै बाजुराका ९ वटै स्थानिय तहलाई एकै साथ ज्ञापन-पत्र बुझाएको छ । अनेमसंघ (क्रान्तीकारी) बाजुरा जिल्ला इन्चार्ज कमल कुमारी शाह र जलुदेवी रोकायाद्धारा हस्ताक्षरित ज्ञापन पत्र सोमबार इमेल मार्फत जिल्लाका ९ वटै स्थानीय तहलाई बुझाईएको छ । त्यस्तै […]
नागरिक रैबार/बाजुरा २ असोज। नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले मार्तडीमा कालो झण्डा सहित उनको विरुद्धमा प्रर्दशन गरेका छन् । नेता पाण्डेलाई शनिबार मार्तडीमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्ताले कालोझण्डा सहित उनी विरुद्ध प्रर्दशन गरेका हुन् । नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनका लागि शनिबार गृह जिल्ला पुगेका नेता पाण्डेलाई […]