होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको बडीमालिका नगर समिति अध्यक्षमा चंदारा
समाचार

माओवादी केन्द्रको बडीमालिका नगर समिति अध्यक्षमा चंदारा

  • नागरिक रैबार
माओवादी केन्द्रको बडीमालिका नगर समिति अध्यक्षमा चंदारा

नागरिक रैबार/बाजुरा १५ मंसिर। नेकपा माओवादी केन्द्र बडीमालिका नगर समितिको अध्यक्षमा रमेश चंदारा चयन भएका छन् ।माओवादी केन्द्र बडीमालिका नगर समितिको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रमेश चंदारा रहने गरी ६५ सदस्यीय नगर समिति चयन गरिएको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउंदले बताएका छन् ।

उहाँका अनुसार नगर समितिको उपाध्यक्षमा देवराज पाध्याय, फुगी रोकाया, सचिव प्रेम विक, कोषाध्यक्ष सिता ल्वार, सहसचिव शंकर उखेडा रहेका छन् । त्यसतै सदस्यमा दलबहादुर कार्की, धनराज साउंद, निर्मादेवि साउँद, रामसिंह उखेडा लगायत ६५ जना सदस्यीय नगर समिति चयन गरिएको छ ।

मंगलबार शुरु भएको माओवादी केन्द्र बडीमालिका नगर समितिको प्रथम अधिवेशनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कणर्बहादुर विक (केशव) रहेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य देविचन्द्र बुढा, कमल कुमारी शाह, विनिता विक लगायत रहेका थिए । त्यस्तै कार्यक्रममा जिल्ला सचिव रमेश विक, सचिवालय सदस्य मानबहादुर विक, चन्द्र थापा, कार्यालय सचिव गोरख सार्की लगायत रहेका थिए ।

विज्ञापन

माओवादी केन्द्रले बाजुरा जिल्लाका तल्लो क्षेत्रका ३ नगरपालिका र २ गाउँपालिकामा नयाँ समिति गठन सकिसकेको छ भने उत्तरी भेगका १ नगरपालिका सहित ३ गाउँपालिकामा पालिका अधिवेशन जारी रहेको माओवादी केन्द्र बाजुराका प्रचार विभाग प्रमुख शुरेस विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै