होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मार्तडीकाे कारागार डिल नजिकै जीप दुर्घटना, सहचालक घाइते
समाज

मार्तडीकाे कारागार डिल नजिकै जीप दुर्घटना, सहचालक घाइते

  • नागरिक रैबार
मार्तडीकाे कारागार डिल नजिकै जीप दुर्घटना, सहचालक घाइते

नागरिक रैबार
बाजुरा १२ मंसिर
बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटना भएकाे छ ।
सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार जिप दुर्घटनामा परि बडिमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी गम्भीर भएका छन् । घाइतेको ढाड र टाउकोमा गम्भिर चोट लागेपछि अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ ।
जीप सडकदेखि करिब १सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपचालक त्रिवेणी नगरपालिका ७ कालापानीका वसन्त नाथ रहेका छन् उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै