होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीबजार भित्रका ४ वटा सडक निर्माण अलपत्र
समाचार

मार्तडीबजार भित्रका ४ वटा सडक निर्माण अलपत्र

  • नागरिक रैबार
मार्तडीबजार भित्रका ४ वटा सडक निर्माण अलपत्र

नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको सदरमुकाम मार्तडी बजारभित्रका ४ वटा शाखा सडकहरु अलपत्र परेका छन् । मार्तडी बजारलाइ व्यवस्थित बनाउने र बजारभित्रका सवै ठाउँमा सडकको पहुँच विस्तार गर्ने उद्देश्यले बनाउन लागिएका ४ वटा शाखा सडकहरुको निर्माण कार्य अलपत्र परेका हुन् ।

मार्तडी बजार भित्रका ५ वटा ठाउँमा सडकहरु निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना दिपायलले बझाङको जागृतिदेवि निर्माण कम्पनि संग ५ करोड ५५ लाख २७ हजारमा ४ वर्ष अगाडि सम्झौता गरेको थियो ।

०७८ असार मसान्त भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनि जागृति देवि निर्माण कम्पनिले हालसम्म सडकहरुको निर्माण कार्य सम्पन्न गर्न सकेको छैन् । ठेकेदार कम्पनिका गगन रोकाया र पुस्कर रोकाया भने सम्पर्क विहिन छन् ।

विज्ञापन

मार्तडी बजार भित्रको तुफान डाँडादेखि मालिका मावि, थापाबाडा देखि चैडिल, खेलकुद देखि गौडाडिल र सिंचाई कार्यालय देखि खुलामंचसम्मका ४ वटा सडकहरु निर्माण कम्पनिको लापरवाहीकै कारण बन्न नसकेका हुन् ।

मार्तडी भित्रका शाखा सडकहरु मध्ये अनन्तेडाँडाको निर्माण कार्य सम्पन्न भईसकेको छ भने अन्य ४ वडा सडक निर्माण हुन् सकेका छैनन् । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनिले स्थानीय ठेकेदार मार्फत काम गरेको थियो । जसमा तुफानडाँडादेखि मालिका माविसम्मको निर्माणको काम कणर् महतले जिम्मा लिएका छन् । उनले नागरिक रैबारसँग कुरा गर्दै भने सो सडक निर्माणमा ढिलाई हुनुको कारण समयमै रकम नआएपछि हो ।

त्यस्तै अर्का स्थानीय ठेकदार टेक बुढा हुन् । उनले खेलकुद देखि गौडा डिल, सिचाईदेखि खुलामंच र थापावाडा देखि चैडिल सम्मको सडक निर्माणको जिम्मा लिएका छन् । उनले सडक निर्माणका लागि समयमै पैशा नआएकोले काम बन्द गरेको बताएका छन् ।

सघन सहरी तथा भवन निर्माण कार्यालय दिपायलका अनुसार ०७८ असार मसान्त भित्र यी योजनाहरु सम्पन्न गर्ने गरि ठेकेदार कम्पनिले सम्झौता गरेको र सो अवधिमा योजनाहरु सम्पन्न नगरेपछि निर्माण कम्पनिले आगामी चैत्र मसान्त सम्मको म्याद थपेको छ ।

सघन सहरी तथा भवन निर्माण अन्तरगत बाजुराका योजनाहरु हेर्ने सव-इन्जिनियर मदन भटट्ले भने आगामी चैत्र मसान्त भित्र बाजुराका सवै योजना निर्माण सम्पन्न गर्ने तयारीमा रहेको बताएका छन् ।

मार्तडी बजार भित्र यसरी अलपत्र परेका शाखा सडकहरुको निर्माण कार्य समयमै गर्न ठेकेदार कम्पनिलाई निरन्तर आग्रह गरिरहेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

जिल्लाको सदरमुकाम मार्तडी भित्रका शाखा सडकहरु यसरी लामो समयसम्म ठेकेदार कम्पनिले निर्माण नगरी अलपत्र छाडेपछि स्थानीयलाई एकठाउँबाट अर्को ठाउँमा जान समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार