होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा विद्युत सेवा नियमित गर्न माग गर्दै पत्रकारले बुझाए ज्ञापन पत्र
समाचार

बाजुरामा विद्युत सेवा नियमित गर्न माग गर्दै पत्रकारले बुझाए ज्ञापन पत्र

  • नागरिक रैबार
बाजुरामा विद्युत सेवा नियमित गर्न माग गर्दै पत्रकारले बुझाए ज्ञापन पत्र

नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएको भन्दै बाजुराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बाजुराका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मार्तडीमा रहेको बिद्युत अनियमित भएको र नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रको लाईन बिस्तारमा ढिलाई भएको भन्दै जिल्ला प्रशासन मार्फत कुलमान घिसिङलाई ज्ञापन पत्र पठाएका छन ।

No description available.

विज्ञापन

बिद्युत नहुदा सदरमुकामकै नागरिक र पत्रकारले सास्ती भोगेको कुरालाई मध्यनजर गर्दै ज्ञापन पत्र बुझाएको पत्रकार पत्रकारहरुले बताएका छन् । जिल्लामा संचालित बिभिन्न बिद्युतिय तथा छापाखानाका पत्रकारहरुका समुहले उज्यालो नेपालको अभियान नाटकिय मात्र भएको भन्दै ज्ञापन पत्र बुझाएको पत्रकार लक्ष्मीराज पाध्यायले बताएका छन् ।

मार्तडीमा अहिले दैनिक ८ घण्टा लोड सेडिङ्गको मार खेपिरहेका छन्, भने अझै जिल्लाका ग्रामिण भेगमा सल्लोको झरोमा भर पर्दै आएका छन् । सदरमुकाममा बिजुलीबाट संचालनमा ल्याएको साना व्यवसायीहरुले ठुलो क्षति व्यहोर्नु परिरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No description available.

कुलमान घिसिङ्ग जस्तो उज्यालो नेपालका नायक बिद्युत प्राधिकरण प्रमुख हुँदा पनि बाजुराको सदरमुकाम सम्म पनि बिद्युत विस्तार हुन नसकेको भन्दै ज्ञापन पत्र बुझाएको पत्रकारहरुले बताएका छन । केहि दिन अघि मात्रै बाजुरामा इन्टरनेट सेवा प्रभावकारी नभएको भन्दै बाजुराका पत्रकारहरुले नेपाल टेलिकम शाखा बाजुरालाई ध्यानाकर्षण गराएको थियो ।

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार