होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एक्सन नायक विराज भट्ट स्टारर चलचित्र “साङ्लो” आजबाट देशभर एकैसाथ प्रदर्शन हुने भएको छ। गीत र ट्रेलरलाई अत्याधिक रुचाएका दर्शकको “साङ्लो” हेर्ने प्रतीक्षा अन्ततः आजबाट समाप्त भएको छ। पछिल्लो समय कमेडी र लभ स्टोरी जनरामा बनेका चलचित्र हेर्दा हेर्दा आजित बनेका दर्शकलाई एक्सनसँगै कमेडी अनि लभस्टोरी जनरामा बनेको “साङ्लो” हेर्ने बेग्र प्रतीक्षा थियो। विराज भट्ट […]
नागरिक रैबार/बाजुरा २४ माघ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा भोली माघ २५ गतेबाट सूरु हुन लागेको कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सवको उद्धाघाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गर्ने भएका छन् । माघ २५ देखि फागुन २ गते सम्म बुढीगंगा नगरपालिकाको फालासेनमा संचालन हुन लागेको उक्त महोत्सवको उद्धघाट्नका लागि मन्त्री […]
धनगढी, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले एमसिसी संसदबाट पास हुने दाबी गर्नुभएको छ । बिहिबार धनगढी पुग्नुभएका मन्त्री भट्टले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसिसी संसदबाट पास हुने दाबी गर्नुभएको हो । पार्टी भित्र बहस हुनु कुनै नौलो कुरो नभएको बताउदै मन्त्री भट्टले एमसीसीको बिषयमा अध्यन गर्न पार्टीले कार्यदल बनाएको बताउनुभयो । कार्यदलको सुझाब […]
अनिल शाही/ कोल्टी २३ माघ। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीमा रायोको साग र रोटी खादा ११ जना विरामी परेका छन । बुढीनन्दा नगपालिकाका वडा नं एकको पिपलडालीका स्थानिय रंगी ल्वारको घरमा विहानको खानाका लागि बनाईको रोटी र रोयोको साग खादा एकै घरका ६जना विरामी परेका छन भने सोही गाँउका अन्य चारजना विरामी परेका […]
नागरिक रैबार/बाजुरा २३ माघ। जिल्लाको स्वामीकार्तिक र हिमाली गाउँपालिकामा हप्तादिन देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरो नियन्त्रण गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन गरिएपछि विरामीहरुको संख्यामा कमि आएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय जिल्ला अस्पतालबाट डाक्टर राजुराज जैशी सहित स्वास्थ्य कार्यालय बाजुरा मातहतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरुको टोलीले रुघाखोकी र भाईरल ज्वरो प्रभावित क्षेत्रमा पुगेर […]
काठमाडौं । पत्रकारले लाइसेन्स दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधन सहित सर्वसम्मतिबाट पारित गरेको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद […]
चीनका विभिन्न सहरमा अहिले कोरोनाको नयाँ रहस्यमय भाइरसको संक्रमण फैलिएको छ। चीनको वुहान‚ बेइजिङ र सेन्जेन शहरमा यो नयाँ रहस्मय भइरस पाइएको छ। यो भाइरसबाट चीनमा २ सयको हाराहारीमा संक्रमित फेला परेका छन्। अहिलेसम्म यो भाइरस श्वासप्रश्वासको मध्यमबाट सरेका कारणबाट तीन जनाको मृत्यु पनि भइसकेको जनाइएको छ। ब्रिटेनका एक विशेषज्ञका अनुसार चीनले बताएको भन्दा धेरै […]
२३ माघ, काठमाडौं । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार […]
नागरिक रैबार/बाजुरा २३ माघ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा मृत्यु भएका दुवै जनाको भाईरल ज्वरोका कारण नभई दिर्घरोगका कारण मृत्युु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुधबार गृह मन्त्रालयलाई आधिकारीक पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले स्वामिकार्तिक १ साप्पाटाका ९० वर्षिया दलबहादुर रावल र ५५ वर्षिया प्रमिला कडाराको भाईरल नभई दिर्घरोगका कारण मृत्यु […]
२२ माघ, काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि […]
नागरिक रैबार/बाजुरा २२ माघ। बडीमालिका नगरपालिका वडा नं. ८ का स्थानीयहरुले बालविवाह अन्त्य गर्नका लागि सक्रिय भएर लाग्ने बताएका छन् ।बडीमालिका नगरपालिकाको वडा नं. ८ ले बुधबार वडामा बालविवाह अन्त्य गर्नका लागि गरेको सामुदायिक भेलामा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् । बालबालिकाहरुको २० वर्षको उमेरपछि मात्रै विवाह गर्नुपर्छ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ बडीमालिका नगरालिका […]
जैविक नियम हो, विपरीत लिङ्गी एकआपससँग आकर्षित हुनै पर्छ । विपरीत लिङ्गीप्रति आकर्षण नहुने त बिरामी मानिन्छन् । अझ किशोरावस्थामा शरीरका इन्द्रियहरू निकै तेज गतिमा विपरीत लिङ्गीप्रति आकर्षित हुने गर्छन् । किनकि उनीहरूको सवेगनाकाे वेग नै तेज हुन्छन् । किशोरावस्थामा शरीरका अङ्ग र हर्माेन परिपक्व हुँदै जाने भएकाले पनि विपरीत लिङ्गीप्रतिको चाह बढ्नु स्वाभाविक नै हो । विपरीत […]
रामबहादुर विक/माघ २२ बाजुरा। जिल्लाको स्वामीकार्तिक गाउँपालिका १ साप्पाटामा एकहप्ता देखि फैलिएको भाईरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षिया प्रमिला कडारा र ९० वर्षिया दलबहादुर रावल रहेका छन् । ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने दलबहादुर रावलको बुधबार विहान […]
काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का लागि चन्दा शंकलन गर्ने मुख्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरोको टोलीले विप्लव समूहको जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालाई पक्राउ गरेको हो । विशेष ब्यूरो स्रोतका अनुसार कटुवाललाई कलंकीस्थित उनको निजी कार्यालयबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार कटुवाल विप्लव समूहका […]
२१ माघ, काठमाडौं । सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको बताएको छ । त्यसका लागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको छ । मंगलबार संसदलाई यसबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले […]
अछाम- अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् । गाई भैसी बाध्ने गोठ भित्रै शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार शव प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा […]
साँफेबगर नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरका १५ देखि ६० वर्ष उमेरका ९७.३५ प्रतिशात जनता साक्षर भएपछि प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले जिल्लाको पाँच स्थानिय तहको रुपमा साक्षर पालिका घोषण गर्नुभएको छ । साक्षर पालिका घोषण कार्यक्रम बोल्दै सबै प्रदेश सभा सदस्य कुँवरले नागरिक साक्षर भएमा मात्र राष्ट्र समृद्ध हुने बताउनुभयो […]
मदन वि.क./बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराले बडीमालिका बोडिङ्ग स्कुलको केही भाग आफ्नो हाता भित्र परेको भन्दै डोजर लगाएपछि पुरै स्कुलको बेजोग भएको छ । जिल्ला अस्पतालको हाता भित्रको जग्गामा बडीमालिका बोडिङ्ग स्कुलको केही भाग परेको भन्दै डोजर लगाएर आफ्नो जग्गा फेर्ता लिन थालेपछि बडीमालिका बोडिङ्ग स्कुल अहिले जोखिममा परेको हाे । अस्पतालले विद्यालयको व्लक […]
रामबहादुर बिक/ बाजुुरा २० माघ । सहयोगी हातहरुको सहास नेपाल बाजुराले बडिमालिका नगरपालिका वडा न९ का २२ परिवार लाई धुँवा रहित चुलो वितरण गरेको छ । सहयोगी हातहरुको समुह सहास नेपाल बाजुराको आर्थिक सहयोगमा धुवा रहित सुधारिएको फलामे चुलो वितरण गरिएको हो । विपन्न बर्गलाई लक्षित गरी उखाडी चौराटा कृषक समुहका विपन्न २२ परिवार लाई […]
नागरिक रैबार/बाजुरा २० माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष तथा नेपाल टेलिभिजनका बाजुरा संवाददाता पत्रकार प्रकाश सिंह यस वर्षको उत्कृष्ट जिल्ला संवाददाता बनेका छन् । पत्रकार सिंहलाई सोमबार नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवका अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नगद सहित पुरस्कृत गरेका हुन् । नेपाल टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा आर्थिक […]