होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा वडाध्यक्ष मृत भेटिए
समाचार

अछाममा वडाध्यक्ष मृत भेटिए

  • नागरिक रैबार
अछाममा वडाध्यक्ष मृत भेटिए

अछाम- अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।

गाई भैसी बाध्ने गोठ भित्रै शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार शव प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा अनुसन्धान शुरु गरिएको छ ।

हत्या नै भएको हो वा कालगतिले मृत्यु भएको भन्ने विषयमा शव परिक्षण गरेपछि मात्रै भन्न सकिने अवस्था रहेको उनले बताए । स्थानीय र मृतक वडाध्यक्षका आफन्तले भने हत्या नै भएको हुन सक्ने दाबी गरेका छन् ।

विज्ञापन

मंगलबार बिहान आफन्तले घरमा नभेटेपछि वडाध्यक्ष धामीको खोजी गरेका थिए । खोजीका क्रममा उनको शव गोठमा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

धामी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार