होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साँफेबगर नगरपालिका साक्षर नगर घोषणा
समाचार

साँफेबगर नगरपालिका साक्षर नगर घोषणा

  • नागरिक रैबार
साँफेबगर नगरपालिका साक्षर नगर घोषणा

साँफेबगर नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरका १५ देखि ६० वर्ष उमेरका ९७.३५ प्रतिशात जनता साक्षर भएपछि प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले जिल्लाको पाँच स्थानिय तहको रुपमा साक्षर पालिका घोषण गर्नुभएको छ ।

साक्षर पालिका घोषण कार्यक्रम बोल्दै सबै प्रदेश सभा सदस्य कुँवरले नागरिक साक्षर भएमा मात्र राष्ट्र समृद्ध हुने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि साँफेबगर नगरपालिकालाई प्रदेश सरकारबाट सहयोेग हुने बताउनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिको लागि सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

      कार्यक्रममा जिल्ला समन्वय प्रमुख नरबहादुर कुँवरले छट्टै नै जिल्ला साक्षरर घोषणा गर्न लागेको जानकारी गराउँदै साक्षर नगरपालिका घोषणा गरेकोमा साँफेनगरलाई धन्यवाद दिनुभयो । यस अघि अछामका चौरपाटी गाउँपालिका, मेल्लख गाउँपालिका, रामारोशन गाउँपालिका र मंगलसैन नगरपालिका साक्षरपालिका घोषणा भईसकेका छन् ।

विज्ञापन

         साक्षरता घोषणा मुल समिति संयोजक तथा नगर प्रमुख कुँवरले साक्षरताको लागि सम्पुर्ण सुचक पूरा भएकाले नगरलाई साक्षरता पालिका घोषणा गरिएकोे बताउनुभयो  । नेपाल सरकारले साक्षर घोषणा गर्नका लागि जम्मा १२ ओटा सुचक निर्धारण गरेको छ । जसमा ६ ओटा सुचक पुरा गरेमा गाउँ तथा नगर साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको छ । सो सुचक नगरपालिकाले पुरा गरेकाले नगरलाई साक्षरता पालिका घोषणा गरीएकोे कुवँरले बताउनुभयो ।

       साक्षरताको लागि १५ देखि ६० वर्षसम्मको जनसंख्याले राष्ट्रभाष वा मातृभाषका वर्ण÷अक्षरको पढाई लेखाई, नेपाली वा मातृभाष लेखिएका मुल्यसुची र बीलको पढाई, मोबाइल र क्याल्कुलेटरका अंक चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अंक अक्षर लेख्न । पढन सक्ने, आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, वैकं भौचर भराइ र चेकमा हस्ताक्षर लगायतका विभिन्न १२ वटा सुचक मध्ये ६ वटा सुचक पुरा गरेमा साक्षरमा घोषणा गर्न सकिने व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार