होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
फागुन १४, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने सम्भावना छ । पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै दबाव […]
नागरिक रैबार/बाजुरा १३ फागुन । बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ८ जना घाईते भएका छन् भने एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाैमुल गाउँपालिका निलासैनबाट गाउँपालिका घट्मुना आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनाकाे थप विवरण आउन बाकी रहेको जिप्रका बाजुराले जनाएको […]
काठमाडौं- लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाउँदै आएका प्रहरी नायब निरीक्षक थापा प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा परेका हुन् । प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको […]
प्रधानमन्त्री केपि शर्मा ओलिको जन्मदिनको अवसरमा शुभकामना सुबेच्छा भन्दा बढी आलोचना भएको पाइएको छ। जन्मथलो तेह्रथुममा आईतवार आफ्नो ६९ औ जन्मदिन मनाउने क्रममा प्रधानमन्त्री ओलिले नेपालको नक्साको आकारमा बनाइएको केक नै काटे पछि सामाजिक संजालमा यसको व्यापक बिरोध एंब आलोचना भएको पाइएको छ। २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको साबिक इवा गाबिसको सल्ले, हाल […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत चार व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् […]
नागरिक रैबार/बाजुरा ११ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकलाई उखु खेतीमा आत्मनिर्भर बनाउन विउ वितरण गरेको छ । आईतबार पहिलो चरणमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल र कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले सयुक्त रुपमा तिपाडा र विरेखोला दुई ठाउँबाट […]
बैतडीमा जिप दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छन्। बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ धुरामा गएराती से १ ज २१३ नंम्बरको जिप दुर्घटना हुँदा चालक सहित दुईजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते हुनेमा पाटन नगरपालिका ८ आरुबाटाका अन्दाजी २६ वर्षीय गणेश महरा र पाटन नगरपालिका ८ रिसेडीका २३ […]
नागरिक रैबार/ बाजुरा१० फागुन । जिल्लाको त्रिबेणी नगरपालिका वडा न ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका २४ बर्षिया लोकेन्द्र साउद रहेका छन् । शनिवार दिउसो सोही नगरपालिकामा रहेको बिद्युत पावर हाउसमा गएका बेला एक्कासी करेन्ट लागेर मृत्यु भएको त्रिबेणी नगरपालिका वडा न ३ का वडा अध्यक्ष मिन […]
नागरिक रैबार/बाजुरा १० फागनु । महा शिवरात्री तथा सेना दिवसको अवसर पारेर बाजुरा जिल्ला स्थित समरजित गुल्मले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता समरजित गुल्मले जितेको छ । भलिबल खेलमा बाजुरा जिल्ला मार्तडी बजारको र राष्ट्र सेवक दुई टिमले मैत्रीपूर्ण खेल खेलेका थिए । महाशिवरात्रीको दिन नेपाली सेनाले सेना दिवस मनाउदै आएको छ । दिवसको अवसर […]
फागुन ९ काठमाडौं । अमेरिकी सहयोग एमसीसीको विषयमा अध्ययन गर्न बनेको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा संयुक्तरुपमा भेटेर प्रतिवेदन बुझाएको थियो । अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीमा चर्को विवाद भएपछि माघ […]
नागरिक रैबार/बाजुरा ९ फागुन।शुक्रबार दिउसो चट्याङ लागेर एकै घरका आमा छोरी घाईते भएकी छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर त्रिवेणी नगरपालिका ९ कि सन्जा भण्डारी साउँद र उनकी ६ वर्षिया छोरी आकृति साउँद घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । पानी परेको समयमा घरमै बसेका बेला […]
नागरिक रैबार/ बाजुरा ८ फागुन । जिल्लाकाे बुढीन्नदा नगरपालिका ९ अगाउपानीमा अस्थाई प्रहरी पाेष्ट स्थापना गरिएकाे छ । विहिबार एक कार्यक्रमका वीच जिल्ला समन्वय समिति बाजुरा प्रमुख नरेेेेन्द्र कुमार राेकाया, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपाने र जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंंकप्रसाद भट्टराई र नेकपा बाजुराका नेता पुरबहादुर रावतले संयुक्त रुपमा उद्घाटन् गरेका हुन् । […]
बाजुरा ८ काठमाडौं : गत पुस २१ गते बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेक्युरिटी प्रिन्टिरबारे भएको छलफलमा विज्ञ बनेर सांसदहरुसँग छलफल गर्न दुईजना पुगेका थिए । ती दुईमध्ये एक थिए, सक्युरिटी प्रिन्टिङसम्बन्धी जानकार भनिएका विजयप्रकाश मिश्र। उनै मिश्रले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटासँग करोडौं कमिशनको डिल गरेको अडियो […]
बाजुरा ८ फागुन– जिल्लाको सदरमुकाम मार्तडीमा बजारमा हुने कालोबजारी तथा कृतीम अभावका बिषयमा सचेतना गोष्ठीको आयोजना गरिएको छ । उद्योग पर्यटन तथा बातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेशको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो । बजारमा रहेको कालो बजारीलाई कसरी हटाउने कृतम अभाव कसरी हटाउने भन्ने बिषयमा छलफल गरिएको घरेलु तथा साना उद्योग बाजुराका पदम बहादुर बलायरले […]
नागरिक रैबार बाजुरा ८ फागुन । नेकपा बाजुरा जिल्ला कमिटीमा पूर्व एमाले र माओवादी पार्टीवीच ६० चालिसको भाग भण्डाका हिसावमा जिल्ला कमिटी बनाएपनि साँगाठानिक हिसावमा पूर्व नेकपा माओवादीको उचित मुल्याङ्कन नभएको नेकपा जिल्ला बाजुराका नेता मनाेज कुमार विकले बताएका छन् । माग २९ गते नेकपा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा, सहईन्चार्ज प्रकाश शाह, जिल्ला […]
अर्जुन शाह, भवानी भट्ट (धनगढी) — सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको बताएका छन् । कञ्नपुरको पुनर्वास नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले बिहीबार बिहान भने, ‘कहिले १२ अर्बको हल्ला गर्छन्, कहिले ५ अर्बको । अहिले करोडमा झरेका छन्, केको चिन्ता गर्नु ।’ उनले व्यापारीहरु बढी […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लाका चार वटा नगरपालिकामा उपसचिवहरुको पदस्थापन हुने भएकाे छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई पदस्थापन स्थानीय तहमा पठाएपछि बाजुराका चार वटा नगरपालिकामा पनि उपसचिवहरु आउने भएका हुन् । यी हुन बाजुराका चार नगरपालिकामा आउने उपसचिवहरु १, शिवसिंह भण्डारी- बडीमालिका नगरपालिका २, हिक्मत जंग शाही-बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा ७ फागुन। घरबाट विद्यालयमा पढ्न जान्छु भनेर भारत जान लागेका ३ जना बालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ । घरबाट भागेर भारत जान लागेका बुढीनन्दा नगरपालिका वडा नं. ६ का दलचना राउतका १६ वर्षिया छोरा नृप राज राउत सोही वडाका मनलाल सुनारका १५ वर्षिया छोरा सुमन सुनार र मन बहादुर रावतका […]
नागरिक रैबार बाजुरा ७ फागुन । बाजुराको हिमाली गाउँपालिका फागुन २५ गते साक्षर घोषणा हुने भएको छ । राष्ट्रिय अभियानलाई सफल पार्न साक्षर वर्ष २०७६ अगावै हिमाली घोषणा गर्ने गरि साक्षर अभियान नै सञ्चालन गरिने गाँउपालिकाले बताएको छ । साक्षर घोषणा जिल्ला समन्वय समितिसँगको छलफल कार्यक्रममा गाउँपालिकाले तथ्याकं संकलनदेखि सूचक अपुग भएका बस्तीमा तत्काल सूचक […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरामा पनि ७०औँ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको छ । बुधबार बिहान सदरमुकाम मार्तडीमा प्रभात फेरिको आयोजना गर्दै जिल्ला समन्वय समितिको प्राङ्गण भित्र कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । उक्त कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार लगाएतको सहभगिता रहेको थियो । साथै उक्त कार्यक्रममा प्रजातन्त्रका […]