होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा बाजुरा जिल्ला कमिटी भित्र पूर्व माओवादीको सम्मान जनक उपस्थिति छैन् – नेता मनोज
Breaking News

नेकपा बाजुरा जिल्ला कमिटी भित्र पूर्व माओवादीको सम्मान जनक उपस्थिति छैन् – नेता मनोज

  • नागरिक रैबार
नेकपा बाजुरा जिल्ला कमिटी भित्र पूर्व माओवादीको सम्मान जनक उपस्थिति छैन् – नेता मनोज

नागरिक रैबार
बाजुरा ८ फागुन ।

नेकपा बाजुरा जिल्ला कमिटीमा पूर्व एमाले र माओवादी पार्टीवीच ६० चालिसको भाग भण्डाका हिसावमा जिल्ला कमिटी बनाएपनि साँगाठानिक हिसावमा पूर्व नेकपा माओवादीको उचित मुल्याङ्कन नभएको नेकपा जिल्ला बाजुराका नेता मनाेज कुमार वि‌कले बताएका छन् ।

माग २९ गते नेकपा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा, सहईन्चार्ज प्रकाश शाह, जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र सचिव भरत बुढासमते ४ जनाको बैठकबाट भएको निर्णय पूर्ण रुपमा त्रुटी भएको जिकिर गरेका छन् ।
जिल्ला कमिटीको पूर्णता दिँदै गर्दा पूर्व माओवादीलाई पार्टीको साँगाठानिक हिसावमा भरपुर रुपमा हेपिएको नागरिक रैबारसंग बताएका छन् ।
विधानतः १ सय ३५ जनाको पुरै जिल्ला कमिटी हुने र जस्को हाई कमाण्डमा कार्यालय भुमिकामा ६० चालिसको हिसाव मिलान ठीक भएपनि उचित साँगाठानिक जिम्मेवारी नदिएको बताएका छन् । पार्टीका मुख्य विभागहरुमा पूर्व एमाले नै लिएको दावी गरेका छन् ।

विज्ञापन

पार्टीको स्कुल विभाग, सगठन विभाग, आर्थिक विभाग र प्रचार विभाग जस्ता महत्वपूर्ण विभाग आफैसंग राखेकोमा आपत्ती जनाएको छन् ।
उहाँले पार्र्टी मिलानको हिसावमा यो ठूलो भुल भएको आरोप लगाएका छन् । मैले पार्टीभित्रका अरु विभागको कुनै काम छैन् भन्न खोजेको होईन् तर पार्टी प्रभावकारी तवरबाट संचालन गर्न पार्टी विभाग सही तरिकाले बाँणफाँण हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपा बाजुराको हाई कमाण्ड कार्यालयमा रहेका ७ जना मध्ये एक ईस्कुल विभाग र अर्काे आर्थिक विभाग गरि दुईवटा महत्वर्पू विभाग पूर्व एमालेले पाई रहँदा पार्टीको संगठन विभाग र प्रचार विभाग पूर्व माओवादीले पाउँनु पर्ने कुरा व्यक्त गरेका छन् ।
यदि त्यसो होईन् भने ति महत्वपूर्ण ४ वटा विभाग आपसी सल्लाहका हिसावले फेरवदल गर्नुपने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार