होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए । बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित […]
नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ । त्यस्तै गत वर्षसम्म मनसुन […]
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर […]
काठमाडौँ– काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार पहिले […]
नागरिक रैबार/बाजुरा २० जेठ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत कोरोना संक्रमण मुक्त भएका छन् । जेठ १३ गते एन्टिजेट विधिबाट गरिएको परिक्षणमा अध्यक्ष रावतलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएको ८ दिनपछि पुनः परिक्षण गर्दा कोरोनाको रिपोट नेगेटिभ आएको अध्यक्ष रावतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । अध्यक्ष रावतले सामाजिक […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो । यसका साथै […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा आज २३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय ५२ पुगेको छ । आज ६४ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै आज एक जना निको भएर घर फर्किएका छन । बाजुरामा निको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरामा बैशाख २२ गतेबाट जारी गरिएको निषेधाज्ञा थपिएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निणर्य गरको हो । जिल्लामा कोरोना महामारी र संक्रमण दर यथावत रहेकाले फेरी पनि निषेधाज्ञा थप्नु परेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले […]
काठमाडौं, २० जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका हुन् । ‘केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन,’ भर्चुअल बैठकमा खनालको […]
काठमाडौं, २० जेठ । नेकपा एमालेको माधवकुमार नेपाल निकट नेताहरुको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीले सहमतिका नाममा अलमलाउन खोजेको निष्कर्ष समेत निकालेका छन् । पार्टी विधि र विधानलाई समेतको धज्जी उडाएर ओलीले एकपछि अर्को कदम चालिरहेको भन्दै नेताहरुले कुनै कार्डबाट अलमलिन नहुने समेत […]
काठमाडौं, जेठ २०। सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा […]
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन शुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलसहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुरलगायतका क्षेत्रका पसलमा अनुगमन गरिरहेको छ । अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, […]
जेठ २०, बाजुरा । बाजुराको गौमुल गाउँपालिका-४ मानाकोटकी मीना सार्कीको बारीमा यसपालि नयाँ बिरूवा हुर्किरहेका छन्। हुर्केका मात्रै होइनन् ती बिरूवामा फूल फूलेका छन्, साना-साना दाना पनि लागिसकेका छन्।मीनाले वर्षौंदेखि आफ्नो बारीमा आलु, गहुँ र सिमी लगाइन्। तर जति नै मेहनत गरे पनि बारीको उब्जनीले उनको परिवारलाई वर्षभरि हातमुख जोड्न पुग्दैनथ्यो। गत वर्ष जिल्लाको कृषि […]
काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गर्नुभएको […]
काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे बताएकाे छ । नेपालमा काेराेनाकाे नयँ भेरियन्ट फैलिएकाे भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओकाे नेपालमा रहेकाे कार्यालयले बिहीवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएकाे हाे । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएकाे छ । नेपालमा रहेका […]
२० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा […]
बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ । विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट […]
२० जेठ, काठमाडौं । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो । उनले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् । नेकपा गठन भएपछि आफ्नो […]
कैलाली । कैलालीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । जिल्लामा कोरोना संक्रमणदर केही कम भए पनि तत्काल निषेधाज्ञा खोल्न उचित नहुने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए […]
एमाले नेता गोकर्ण विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका पक्षमा निरन्तर लागिरहने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गर्दै एकताका […]