होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा
समाचार

कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा

  • नागरिक रैबार
कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा

कैलाली । कैलालीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

जिल्लामा कोरोना संक्रमणदर केही कम भए पनि तत्काल निषेधाज्ञा खोल्न उचित नहुने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए ।

निषेधाज्ञा अवधिमा साताको चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ६ देखि १० बजेसम्म खाद्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल खोल्न पाइने छ । यस्तै बैंक, बिमा लगायत वित्तीय सेवा भने बिहान ७ देखि ११ बजेसम्म ५० प्रतिशतमात्र कर्मचारी राखेर सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

विज्ञापन

कैलालीमा निषेधाज्ञा थपिएको यो पाँचौं पटक हो । वैशाख १६ देखि २२ सम्म लगाइएको निषेधाज्ञा पहिलो पटक लम्ब्याउने निर्णय गर्दै वैशाख मसान्तसम्मका लागि थपिएको थियो ।

दोस्रो पटक जेठ ६ सम्म म्याद थपियो भने तेस्रो पटक थपेर जेठ १३ सम्म कायम गरियो । चौथो पटक म्याद थप्दै निषेधाज्ञालाई जेठ २१ गतेसम्म लम्ब्याइएको थियो । पाँचौं पटक म्याद थप्दै निषेधाज्ञालाई जेठ ३१ सम्मका लागि लम्ब्याइएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै