होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ जेठ, बाजुरा । बाजुरा जिल्लामा आज ४३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ६ सय १६ पुगेको छ । आज ६० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । आज बाजुरामा ४ जना निको भएर घर फर्किएका छन । जिल्लामा पछिल्लो […]
२२ जेठ, कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका […]
दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो। नेपालका लागी कोरियाली राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका […]
बझाङ: जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ।सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए। अब आइतबारबाट नियमित उत्पादन हुने उनले बताए। केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि […]
२२ जेष्ठ, हुम्ला । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी […]
२२ जेठ, काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा […]
काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले संविधान संशोधन गर्न गठित कार्यदल राष्ट्रघाती भएको बताएका छन्। दुई पटक संविधानसभाको निर्वाचन भई जनताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको रावलले बताए। ‘संविधान संशोधन कार्यदल राष्ट्रघात र जनघात हो। कामचलाउ प्रधानमन्त्रीको यो कार्य लोकतान्त्रिक मान्यता विरोधी […]
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ९७ हजार ६९९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । संक्रमण फैलिएसँगै आइसोलेसनमा बस्नेहरुको संख्या पनि बढ्दो छ । विशेषगरी कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दीर्घरोगीलाई विशेषज्ञले विभिन्न सुझाव दिएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर हरिहर खनाल कोरोना माहामारीका समयमा पनि मुटु रोगका बिरामीहरुलाई नियमित औषधी […]
अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका […]
काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)को महन्थ–राजेन्द्र पक्ष सरकारमा सहभागी भएपछि एमालेको तर्फबाट मन्त्री बनेका ३ जना हटाइने भएका छन्। वन तथा वातावरण मन्त्री प्रेम आले, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो मन्त्रीबाट हटाइन लागेका हुन्। स्रोतका अनुसार जसपाका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा […]
ओली सरकारका महत्वपूर्ण सारथीका रुपमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् । यसको सट्टा अर्थमन्त्री विष्णु पौडेललाई सिनियर उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी दिएका छन् । एमालेले ०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण ईश्वर पोखरेल र प्रदीप ज्ञवाली बहिर्गमनमा परेको स्रोतले […]
एक साताभित्र वार्ता टुंगो नलागे नयाँ क्रान्तिकारी पार्टी घोषणा गर्ने उद्घोष गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू एकताबद्ध एमालेको विपक्षमा नरहेको बताएका छन् । शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा समापन मन्तव्य राख्दै उनले एमालेको एकताकै पक्षमा आफू पनि रहेको बताएका हुन् । एकताका लागि भने उनले सर्त अघि सारेका छन् । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको […]
नागरिक रैबार/बाजुरा २१ जेठ ।सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले आर्थिक संकलन गरि सुदुरपस्चिम प्रदेशका ९ वटै जिल्लाहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले अष्ट्रेलियामा बस्ने नेपालीहरु संग २ लाख ६० हजार आर्थिक संकलन गरी सुदूपश्चिमका ९ वटा जिल्लामा प्रत्येक जिल्लाका लागि ३१ हजार बराबरका स्वास्थ्य सामाग्री सहयोग […]
२१ जेठ, काठमाडौं । सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका […]
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । हाल सक्रिय संक्रमितको संख्या घटेर ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो […]
कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा ऐन २०२८ को दफा २० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । शैक्षिक सत्र २०७७ […]
२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।
सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । त्यस्तै, भारतसँग मल खरिदबारे छलफलका […]
पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट हटाउन प्रदेशसभा सचिवालय र सभामुख […]
नागरिक रैबार/बाजुरा २१ जेठ। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा व्यवसायीक कृषकहरुलाई वर्षे फलफुलका विरुवाहरु वितरण गर्ने भएको छ । ज्ञान केन्द्रले आज एक सूचना जारी गर्दै जिल्लाका कृषकहरुलाई जेठ २५ गते भित्र कृषि ज्ञान केन्द्र र सम्वन्धित स्थानीय तहमा सम्पर्क गरेर कम्तिमा ५० वटा वर्षे फलफुलका विरुवाको माग गर्न भनेको छ । फलफुल रोपौं, कृषक […]