होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । […]
काठमाडौं । स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्यौलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक भर्चुअल अन्तरक्रिया गरेको छ। भर्चुअल अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि एवं कांग्रेस उपसभापति विमलेन्द्र निधिले महामारीको शैक्षिक अन्यौलतालाई विभिन्न प्रविधिले सहयोग पुर्याएको बताए । तर, विकटका विद्यार्थी भने यो सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। कांग्रेस नेता एवं पूर्वशिक्षामन्त्री दिलेन्द्रप्रसाद […]
काठमाडौँ- नेकपा एमालेले अवैध बैठकमा सहभागी नहुँन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।पार्टीबाट निष्कान गरिएका माधव कुमार नेपाल पक्षधरले केन्द्रीय कमिटी बैठक डाकेपछि एक वक्तव्य जारी गर्दै कार्यालय सचिव शेरबहादुर तामाङले अवैध बैठकमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका छन् । पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको […]
नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरू गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले माग गरेका छन्।कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित समय भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्न सकिने पौडेल पक्षको भनाइ छ। यसबारे पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले बुधबार भर्चुअल रूपमा छलफल गरेका थिए।सभापति शेरबहादुर देउवालाई पार्टी महाधिवेशनको प्रक्रिया थाल्न पौडेल […]
दुई पक्षबीच बिबाद चलिरहेको नेकपा एमालेमा आज भिन्नभिन्नै बैठक बस्दैछ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन्। अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्।यस्तै केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका […]
काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो […]
नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक नेताले बताएका छन् […]
महेश कुमार कार्की/काेल्टी१९ जेठ। बाजुरामा जारी निषेधाज्ञाकाे मौकामा कालोबजारी बढेको गुनासो भईरहेका बेला बुधबार बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ मा रहेको पिलुचौर बजारको अनुगमन गरिएको छ । निषेधाज्ञाकाे समयमा स्थानिय बजारहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरिएको र पुराना थन्कीएका सामान समेत विक्रिवितरण भईरहेको जनगुनासाे बढेपछि सरोकारावाला निकायले आज बजारको अनुगमन गरेको छ । […]
नागरिक रैबार/बाजुरा १९ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा खोज पत्रकारीता सम्वन्धि तालिम शुरु भएको हो । विगत लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै […]
काठमाडौं। सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश विवादित बनेको छ। विघटित प्रतिनिधिसभामा विचाराधीन विधेयक छलेर सरकारले अध्यादेश ल्याएपछि अहिले त्यसको सर्वत्र विरोध भइरहेको छ। आफ्नो पद जगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतालाई हतियार बनाएपछि उनको सर्वत्र आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले सत्ताका लागि प्रधानमन्त्री ओली जुन सुकै स्तरमा गिर्न तयार हुने टिप्पणी गरेका छन्। संसदमा […]
९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि […]
धनगढी: सुदूरपश्चिमको ९ वटै जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा राखिएको नेपालको झन्डा च्यातिएको थियो।पुरानो झण्डा च्यातिएको धेरै समय भइसक्दा पनि कसैले वास्ता गरेका थिएनन्। तर बिहीबार एक अज्ञात समूहले उक्त झण्डा फेरेको छ। मुख नदेखिने गरि मुकुण्डो लगाएर आएको उक्त समूहले नेपालको झण्डा फेरेको हो। उनीहरु को हुन् र कहाँबाट आएका हुन् भन्नेबारे […]
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ । बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जेठ २१ दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा […]
१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको १९७औं बुँदामा भनिएको छ, ‘निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गरिनेछ । हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्राण्डिङ गरी खाडी लगायतका देशमा निकासी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’ नेपालमा उत्पादन गरी आफ्नो देशमा शतप्रतिशत निकासी गर्ने विदेशी लगानीकर्तालाई आयकरमा थप छुट पनि दिने उल्लेख छ । […]
धनगढीः सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमध्ये बझाङमा सबैभन्दा पहिले अक्सिजन प्लान्ट जडान हुने देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला हुने देखिएको छ। जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान […]
काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार गरिएको प्रश्नपत्र खेर जाने भएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले आन्तिरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि प्रश्नपत्र काम नलाग्ने भएको हो ।एसईईको मूल्याङ्कन विद्यालय नै गर्ने भएपछि प्रश्नपत्रका खेर जाने सम्भावना देखिएको एसईई नियन्त्रक रुद्र अधिकारीले बताए । उनका […]
सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र […]
१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा […]
१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् ।तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो कार्यक्रममा बोल्दै विप्लवले […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दोस्रो पुस्ताका नेताहरू पार्टी जोगाउन दौडधुपमा छन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदलको उपादेयता नरहेको र अनौपचारिक माध्यमबाट छलफल चलिरहेको बताइरहेका बेला दोस्रो पुस्ताका नेता नियमितजसो संवादमा छन् । सोमबार साँझ पनि दुवैतर्फका नेताहरू सघन संवादमा जुटे । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री […]