होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ जेठ, काठमाडौं । अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. […]
१९ जेठ, काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो । यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको रकम यो वर्षपछि पूर्ण खर्च नहुने देखिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ करोड बजेट सो कार्यक्रमका लागि विनियोजन गरेकोमा झण्डै १७ करोड खर्च नहुने देखिएको हो। ४२ करोड बजेटको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा ६० प्रतिशत मात्र खर्च हुने अनुमान […]
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय गरेको छ । तर, त्यो प्रयास र लचकताले पनि २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्ने कुरामा चाहिँ नेताहरु अझै विश्वस्त देखिएका छैनन् । दुबै पक्षका एमाले नेताहरुको प्रतिक्रियाबाट पनि अब एमालेमा एकता भइहाले पनि माधव नेपाल बाहेकको एकता […]
काठमाडौं, जेठ १९ । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमय नै छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र […]
नागरिक रैबार/बाजुरा १८ जेठ। संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाजुराका सांसद लालबहादुर थापाको पहलमा गृह जिल्ला बाजुराका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । सांसद थापाको पहलमा स्वास्थ्य सेवा विभागबाट बाजुराका लागि अक्सिजन सिलिन्डर १०, अक्सिजन कन्सन्ट्रेटर ७, अक्सिजन कनेक्टर १०, N-95 mask ३००, गाउन ११० सेट, मास्क सर्जिकल २५०० पिस, फेस सिल्ड २० पिस र पञ्जा […]
१८ जेठ, डोटी । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य संस्थाहरुमा अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको अभाव रहेकोे गुनासो आइरहेका बेला अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन […]
१८ जेठ,बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका मृगौला रोगबाट पीडित रामप्रसाद जैसीको परिवारले आर्थिक सहयोग संकलन गरेको हो।विभिन्न व्यक्तिहरुबाट हालसम्म करिब एक लाख ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको रामप्रसादका भिनाजु पदमराज रेग्मीले जानकारी दिए । विगत ८ वर्षदेखि मृगौला रोगबाट पीडित जैसीको अहिले दुवै मृगौलाले काम गर्न छोडेको आफन्तले बताएका छन्। हाल उनी मानव […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुरा उद्योग बाणिज्य संघका द्धित्तिय उपाध्यक्ष तथा प्रल्हाद जनरल स्टोरका संचालक एंव सफल व्यवसायी धर्म रोकायाको निधनले बाजुराको सिङ्गो बजार क्षेत्र स्तब्ध बनेको छ । एकसाता अघि कोरोना सङ्क्रमित भएका रोकायालाई बाजुरामा अक्सिजन अभाव भएपछि थप उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा आज दिउसो निधन भएको […]
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका एमालेका तर्फबाट सामेल मन्त्रीहरुले पार्टीको प्रदेश कमिटीले गरेको कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको बताएका छन् । उनीहरुले विधि तथा प्रक्रिया मिचेर सिफारिस गरिएको आरोप समेत लगाएका छन् । प्रदेश सरकारमा एमालेबाट सहभागी ६ मन्त्री र प्रदेशसभामा एमाले संसदीय दलको सचेतक सहितले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दैै आफूहरुमाथि पार्टी एकतालाई […]
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो । पार्टीको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक […]
१८ जेठ, काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकामा मार्तडीस्थि क्रेटर जोन एकेडेमीले “जुम” मार्फत शिक्षक र अभिभावकसंग आफ्ना शिक्षक र विद्यार्थीहरुका अभिभावकसंग अन्तरक्र्रिया गर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय पूर्ण रुपमा बन्द भएको भएपनि शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन र शैक्षिक सत्र २०७८ को भर्ना र कक्षा संचालनका विषयमा पहिलोपटक जुम मिटिङ्ग मार्फत शिक्षक […]
काठमाडौँ– चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौँ ल्याइपुर्याएको हो । खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमको जहाज खोप लिन सोमबार राति ११ […]
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
नागरिक रैबार/बाजुरा १८ जेठ। राष्ट्रिय आविष्कार केन्द्र /Remote Covid Repose Team ले बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नगरपालिकामा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै उक्त केन्द्रले बुढीगंगा नगरपालिकाको कोभिड १९ अस्थायी अस्पताल/ टाँटे स्वास्थ्य चौकीलाई कन्सेन्ट्रेटर ३ थान, नेबुलाइजर २ थान, पल्स अक्सिमिटर २ थान, केएन ९५ मास्क, […]
नेपाली काँग्रेसले बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ । कोरोना उपचारका उपकरणहरुको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवाको उद्देश्यका साथ काँग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गरेको हो । कोरोनाको महामारीबाट दैनिक रूपमा सय बढीको मृत्यु भइरहेको यो स्थिति नियन्त्रण गर्दै नागरिकको रक्षा गर्न र महामारी उपर विजय […]
काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास आउँदो २३ गते आइतवारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको घोषणा गरेपछि सुनुवाइ स्थगित भएको हो । इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले प्रश्न उठे पनि इजलास नछोड्ने […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराका एकजना कोरोना सँक्रमितको डडेल्धुरामा मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा उद्योग बाणिज्य संघ बाजुराका द्धित्तिय उपाध्यक्ष तथा व्यापारी धर्म रोकाया रहेेका छन् । कोरोना संक्रमित रोकायाको डडेल्धुरा उपक्षत्रीय अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।रोकायालाई केही दिन अघि मात्रै कोरोना पुष्टि भएको थियो । रोकायाको उपचार जिल्ला अस्पताल […]
कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिन्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिन्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । आफ्नो हातामा ल्याइएका सामग्री […]