होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ जेठ, सुर्खेत । कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मीमाथी हातपात गरेका छन्। चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले जानकारी दिए । ‘शिक्षकले नै स्वास्थ्यकर्मीमाथी हातपात गरेको उजुरी हामीकहाँ आएको छ,’ डीएसपी शर्माले भने, ‘हाम्रो टिम घटना स्थलमा गैसकेको […]
चक्र बहादुर अयडी/बाजुरा २१ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकालाई पक्की सडक संजालसंग जोड्नका लागि मौरेमा मोटरेवल पक्की पुल निर्माण हुने भएको छ । विगत लामो समय देखिको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, माननिय लाल बहादुर थापा, जनकराज गिरी लगाएतका नेता तथा कार्यकर्ताको ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्किपुल निर्माण हुन […]
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजालसमा सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ । अधिवक्ता राजाराम घिमिरेले ११ जना न्यायाधीशको संसद विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न स्वार्थ बाझिने भन्दै निवेदन दिएका हुन् । निवेदन दिएको तर दर्ता हुन बाँकी रहेको घिमिरेले जानकारी दिए । घिमिरेले न्यायाधीश दीपककुमार […]
२१ जेठ, काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ […]
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए । ‘यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान […]
नागरिक रैबार/बाजुरा २१ जेठ। सुदूरुपश्चिम प्रदेश सरकारका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहलाई प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टिकरण सोधेका छन् । मन्त्री शाहलाई पार्टी स्थायी कमिटीको निणर्य विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । […]
सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत् स्नातक तह उत्तीर्ण गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिइने घोषणा गरेको छ।यो कार्यक्रम पुरानै प्रकृतिको हो। अहिले ७ लाखसम्म ऋण पाइने सीमालाई बढाएर २५ लाख पुर्याइएको मात्रै हो। झट्ट सुन्दा यो कार्यक्रम निकै लोकप्रिय छ, यसले पढेका बेरोजगार युवालाई उद्यमी बन्न मद्दत गर्ने सरकारको […]
सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ ।गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए […]
२१ जेठ, काठमाडौं । नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई बधाई दिएका छन। सामाजिक संजाल ट्वीटरमार्फत देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताएका छन्। अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ । […]
सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् । आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्। नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका […]
संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यन्वयन हुन नसक्दा नेपालमा अझै पनि जातीय विभेदका घटनाहरुमा कमी आउन नसकेकोमा राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १५ वर्ष पूरा भएको छ । नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक […]
२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनको […]
२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, दुर्घटना बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान, महासंघको निर्माणाधीन भवनलाई बजेटदेखि सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारसम्मका व्यवस्था बजेटमा समेटिएका छन् । अर्थ […]
धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो । उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षणको दायरा खुम्चिएको छ।सुरूवाती दिनहरूमा प्रदेशभरी औषतमा दैनिक २ हजार जनाको नमूना परीक्षण गरिँदै आएकोमा अहिले दायरा घटेर दैनिक ५ सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको छ। थोरै परीक्षण हुँदा संख्यात्मक रूपमा कम संक्रमित देखिएपनि संक्रमणको दरमा भने खासै कमि आएको छैन। जेठ महिनाको अन्तिम साता संक्रमण […]
२१ जेठ, काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।अनलाइनखबरबाट साभार
नेपाली समाजलाई विभाजित गराएर द्वन्द्वमा धकेल्दै पछौटे बनाएको हिन्दु वर्ण र जात व्यवस्थामा आधारित जातीय विभेद र छुवाछुत दलित जनताको निरन्तर प्रतिरोध र बलिदानपूर्ण संघर्षका कारण राज्यले सम्बोधन गर्नुपर्ने तहमा आयो । र २०६२–६३ को जनआन्दोलनको बलमा पुनःस्थापित संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र र सरकारले छुवाछुत उन्मूलन राष्ट्रिय दिवस घोषणा गर्यो । शान्ति, विकास, सामाजिक न्याय, समानता स्थापित […]
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ ।कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो । कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।विविध विषयअन्तर्गत […]
काठमाडौँ– अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन । यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन्। नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने अमेरिकी घोषणाबारे नेपालका लागि […]
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा […]