होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशभित्र र बाहिरकाे महामारीकाे अवस्थाप्रति हामी चिन्तित छाैँ : पूर्वराजा शाह
समाचार

देशभित्र र बाहिरकाे महामारीकाे अवस्थाप्रति हामी चिन्तित छाैँ : पूर्वराजा शाह

  • नागरिक रैबार
देशभित्र र बाहिरकाे महामारीकाे अवस्थाप्रति हामी चिन्तित छाैँ : पूर्वराजा शाह

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गर्नुभएको हो ।

उहाँले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गर्नुभएको छ । अहिले आफू दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिनुभएको छ ।

विज्ञापन

भारतकाे कुम्भमेलामा गएर आएपछि पूर्वराजा दम्पतीलाई काेराेना सङ्क्रमण भएकाे थियाे । अहिले दुवै जना डिस्चार्ज भइसक्नुभएकाे छ ।

तर उहाँले देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, ‘महामारीको प्रक्रिया चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै सङ्कल्प र बाहिरी सहयोगको आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छौँ ।’

यस्तै पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्नुभएको छ । उहाँले उपचारका क्रममा रहेको सबै नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिडका कारण ज्यान गुमाएका आत्माको चीर शान्तिको कामना पनि गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार