होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निषेधाज्ञामा व्यापारीले मूल्य बढाएपछि प्रशासनको अनुगमन शुरु
समाचार

निषेधाज्ञामा व्यापारीले मूल्य बढाएपछि प्रशासनको अनुगमन शुरु

  • नागरिक रैबार
निषेधाज्ञामा व्यापारीले मूल्य बढाएपछि प्रशासनको अनुगमन शुरु

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन शुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलसहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुरलगायतका क्षेत्रका पसलमा अनुगमन गरिरहेको छ ।

अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारी तथा वाणिज्य सङ्घका पदाधिकारीसमेत सहभागी भएका छन् । जिल्लामा निषेधज्ञाको समयमा व्यापारीले आफूखुशी मूल्य लिन थालेको पटक–पटक गुनासो आएपछि प्रशासनले बल्ल अनुगमन शुरु गरेको हो ।

उक्त अनुगमन समितिले सरकारी दर अनुसारको बजार मूल्यमा एकरुपता भए÷नभएको विषयमा जानकारी लिनाका साथै उपभोग्य मिति भए÷नभएको बारेमा समेत जानकारी लिन थालेको छ । अनुगमनका क्रममा बजारमा म्याद सकिएको अवस्थामा भेटिएका नरिवल लड्डु, चाट मसला, मिट मसला, जिरा, तिल, मेथी, बिस्कुटलगायतका खाद्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

विज्ञापन

म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण गर्ने तथा तोकिएभन्दा बढी रकम उपभोक्ताबाट लिएको पाइएमा तत्काल कारवाही गरिने योजनाअनुसार जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको उनले जानकारी दिए । बजार अनुगमनका क्रममा पसल, फर्म दर्ता, इजाजत, कर कार्यालयमा दर्ता, करचुक्ता, नाप तौललगायतको समेत निरीक्षण गर्न थालिएको छ ।

अनुगमन समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेजले बजारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि गरी सामान बेच्ने गरेको प्रमाणसहित गुनासो वा उजुरी आए तत्काल कारवाहीका लागि सिफारिश गरिने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार