होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ जेठ।जिल्लाको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद कोइराला सरुवा भएको महिनौ वित्न लाग्दा समेत खटाएको कार्य क्षेत्रमा गएका छ्रैनन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रसाशकीय अधिकृत कोइरालालाइ पटक पटक सरुवाको परिपत्र पठाउँदा समेत बडीमालिका नगरपालिका छाेडेर कतै गएका छैनन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकाका प्रमुख […]
पाल्पा, नेपालगन्ज, दाङ, कपिलवस्तु, रूपन्देही — पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको रुक्सेभन्ज्याङ बजारक्षेत्रमा ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखियो । गाउँपालिकाको स्वास्थ्य शाखाले पुनः रुक्सेभन्ज्याङ टोलका सबै ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भयो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहरा स्वास्थ्य चौकीमा नमुना परीक्षणका लागि स्वाब संकलन गरिँदै । रैनादेवी छहराले […]
काठमाडौं, जेठ २६ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज ९बुधबार० हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो।प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ। प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन […]
काठमाडौं, जेठ २६ । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू एकताको उपाय खोज्न पुनः सक्रिय भएका छन् । यसअघि विभिन्न चरणमा भएका छलफलले सकारात्मक नतिजा नदिए पनि दोस्रो तहका नेताहरुबीच पुनः छलफल भएको हो । ललितपुरको समिट होटलमा आज दिउँसो देखि एमालेको दुवै समूहमा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो । […]
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनको भनाइ छ । ‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण […]
२६ जेठ, काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो । हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना […]
काठमाडौं, जेठ २६ । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर्ने हुँदा प्रधानमन्त्री सकसमा परेका हुन् । यही […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जानकारी दिएको छ । हाल देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाउँदै महाशाखाले अहिले देशभर बदली भइ प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित […]
सप्तरी– पसलको ताला फुटाई चोरी गर्ने सप्तरीका तीन आरोपितलाई प्रहरीले आज पक्राउ गरेको छ । पसलमा जडित सीसी क्यामेराको फुटेजसमेतको आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का महेशकुमार यादव, वडा नम्बर–१ का २१ वर्षीय रामदास यादव र राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । सीसी क्यामेराबाट महेशको पहिचान भएपछि उनलाई […]
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज […]
नागरिक रैबार/बाजुरा २५ जेठ। मार्तडीको दुनिहाटबजारमा व्यापार व्यवसाय गर्दै आएका त्रिवेणी नगरपालिका ९ का मृतक चक्र थापाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । मार्तडीमा करिव ७ वर्षदेखि व्यापार गर्दै आएका बागलेख जनरल स्टोरका संचालक थापाको कोरोनाका कारण धनगढी आफनै निवासमा सोमबार असामयिक निधन भएको थियो । मृतक थापाको परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएको भन्दै […]
२५ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका छन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, […]
काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पूनःस्थापना हुने विश्वास दिलाएका छन् । सोमबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । मलाई विश्वास छ, संसद् पूनःस्थापना हुन्छ ।’ उनले आफूहरुले लडेको ल्याएको […]
काठमाडौँ, २५ जेठ: निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज एक विज्ञप्ति प्रकासित गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकासित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको […]
नागरिक रैबार/बाजुरा २५ जेठ। खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले चामलमा २० प्रतिशत छुट दिएर विक्री गर्न थालेपछि खाद्य संस्थानमा चामल लिने ग्राहको भिड देखिन थालेको छ । कम्पनिले २१ जेठ बाट निषेधाज्ञाको समयलाई मध्येनजर गरी उपभोक्तालाई २० प्रतिशत छुट दिएर चामल विक्रि गर्न थालेपछि हिजो आज खाद्य संस्थानमा चामल लिने उपभोक्ताहरुको भिड नै लाग्ने […]
काठमाडौं, २५ जेठ । केन्द्र देखि सात प्रदेशसम्म नेकपा एमालेका सांसदहरुको संरचनाको अवस्था सुदूरपश्चिम प्रदेशमा मात्र माधवकुमार नेपाल खेमा बलियो अवस्थामा छ । संसदीय दलमा पनि नेपाल समूहको पार्टीभित्र भारी बहुमत छ । यसको मुख्य कारण भीम रावल हुन् । रावल नेकपा एमालेबाट निष्काशित भइसकेका छन् । उनी नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् । सुदूरपश्चिम […]
काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता प्रकाश शाहीसहित नेकपा एमालेका १७ प्रदेश सभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरुले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गरेका हुन् । नेपालको संसदीय इतिहासमा पार्टीको ह्वीप उल्लंघन गरेर सोही पार्टीका दुई तिहाई सांसदले फ्लोर क्रस गरेको यो पहिलो घटना […]
नागरिक रैबार/बाजुरा २५ जेठ। जिल्ला अस्पताल बाजुराको आईसोलेसन कक्षमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकामा संचालित युनिसेफकोे वास कार्यक्रम अन्तरगत जिल्ला अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरेको गरिएको हो । कोरोना पोजेटिभ भई जिल्ला अस्पताल बाजुराको आईसोलेनमा उपचारारत रहेका विरामीलाई मंगलबार अस्पतालको आईसोलेन कक्षमै पुगेर […]
प्रकाश विक/बाजुरा २५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मा रहेको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ । ५१ बढी परिवार बसोबास गर्दै आएको बाउली, अनाई र गणखेतमा अहिले खानेपानीको चरम अभाव भएको हो । बाउली बजार क्षेत्रका स्थानीयका लागि निर्माण गरिएको गुनिभर खानेपानीको ट्याकीं माथिबाट सडक निर्माण भएपछि खानेपानीको मुहान […]
२५ जेठ, काठमाडौं । विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्न सक्ने उल्लेख गरेका छन् । ‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?,’ रावलले लेखेका छन् । भट्टलाई […]