होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चोरीको आरोपमा तीनजना पक्राउ
समाचार

चोरीको आरोपमा तीनजना पक्राउ

  • नागरिक रैबार
चोरीको आरोपमा तीनजना पक्राउ

सप्तरी– पसलको ताला फुटाई चोरी गर्ने सप्तरीका तीन आरोपितलाई प्रहरीले आज पक्राउ गरेको छ । पसलमा जडित सीसी क्यामेराको फुटेजसमेतको आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का महेशकुमार यादव, वडा नम्बर–१ का २१ वर्षीय रामदास यादव र राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।

सीसी क्यामेराबाट महेशको पहिचान भएपछि उनलाई घरबाटै पक्राउ गरी सोधपुछ गर्दा रामदास र सुभाष समेत चोरीमा संलग्न रहेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

गत आइतबार राजविराज–४ स्थित बजारमा रहेको राधेश्यामकुमार साहको मोवाइल पसलबाट मोबाइलहरु चोरी भएको थियो । बजारका दिलिप यादवको घरमा पसलसटर भाँडामा लिई साहले सञ्चालन गरेको मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेको आरोपितहरुले स्विकारेको प्रहरीले जनाएको छ ।

विज्ञापन

सुभाषको घर खानतलासी गर्दा चोरीका १० थान मोबाइल समेत फेला परेको प्रनाउ काफ्लेले बताए । प्रहरीका अनुसार रामदासले चलाउने सिटी रिक्सामा चढेर गएका उनीहरुले पसलको सटरको ताला फुटाई मोबाइलहरु चोरी गरेका थिए । सोही सिटी रिक्सामा राखेर ल्याएको मोबाइल सुभाषको कोठामा रहेको खाट मुनी लुकाएर राखेका थिए ।

प्रहरीले मोबाइलहरुसहित चोरीमा प्रयोग भएको सिटी रिक्सा समेत बरामद गरेको छ । चोरी मुद्दा कसुरमा उजुरी दर्ता गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै