होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् । ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको […]
सुर्खेत । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ । सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती […]
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ । सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले […]
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा रहेका एमालेका सरकार ढल्दै जाने बताएका छन् । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले ओलीले नेतृत्व गरेका सरकारहरु ढल्दै जाने उल्लेख गरेका हुन् । सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ । यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित […]
२८ जेठ, काठमाडौं । सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो । सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो […]
२८ जेठ, काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ मा गतहप्ता दुई जना पुरुषको मृत्यु भयो । त्यसमध्ये एकजना ७० वर्षीय वृद्धमा कोरोनासँग मिल्दो लक्षण थियो । एन्टिजेन परीक्षण गराउन खोज्दा उनी मानेका थिएनन् । त्यसको केही दिनमा उनको मृत्यु भयो । फिदिम नगरपालिकाको जस्तो समस्या अहिले धेरै ग्रामीण क्षेत्रका स्थानीय तहहरुले भोगिरहेका छन् । परीक्षण गर्न […]
बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही […]
पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।
मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको हो । प्रथम जुनेटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठिले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस,सालमोनेलोसिस÷लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस/हाइडाटिडोसिस र […]
धनुषामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो । स्थानीय हुलास यादवले निर्माण गरेको ९ फिट गहिरो पोखरीमा नुहाउने क्रममा ५ बालिका डुबेका हुन् । मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी […]
थलारा गाउँपालिकाको केन्द्रदेखि ३० मिनेटको दूरीमा एउटा सानो बस्ती छ । त्यहाँ २५ दलित परिवारको बसोवास छ । बस्ती पुग्ने बित्तिकै एउटा स्लेटले छाएको घर भेटिन्छ । घर निकै जीर्ण भैसकेको छ । सुन्दा अचम्म लाग्ने तर यथार्थ छ वटा मूल ढोका भएको त्यस घरमा २२ परिवारका १०७ जना बस्दा बस्दै आएका छन् । घर […]
२८ जेठ, काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी […]
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।अत्यधिक रक्तस्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको हो […]
कर्णाली सरकारमा अब एमालेबाट तीन जना मन्त्रीकाे सहभागिता छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिँदा कारबाहीमा परेका ४ जना सांसदकाे पुनर्बहालीसँगै एमाले अब सत्ता साझेदारका रूपमा देखिएकाे हाे । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमाले कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वाेच्च अदालतले पुनर्बहाली गर्न […]
अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत […]
कैलाली । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको जनाएको हो । बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । बलात्कारमा संलग्न […]
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुकासम्म माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टलाई महत्वपूर्ण मन्त्रालय दिएर आफूतिर तान्ने प्रयत्नमा थिए । सोहीअनुसार प्रधानमन्त्री ओलीले भट्टराई र विष्टसँग कुराकानीसमेत गरेका थिए । योगेश मन्त्रिपरिषदमा आए गृहमन्त्रालय नै दिने ओलीको भित्री तयारी थियो । यसरी भट्टराईलाई ल्याउँदा माधव–झलनाथ समूह कमजोर बन्ने र अरु नेताहरु पनि […]
धनगढी । मंगलबार सुदूरपश्चिम प्रदेशसभामा १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि नेकपा एमालेभित्र विवाद बढेको छ । सुदूरपश्चिम प्रदेशसभामा नेता माधवकुमार नेपाल पक्षको बहुमत भएकाले संसदीय दलले निर्णय गरेरै पार्टीको स्थायी कमिटी बैठकको निर्णयविपरीत माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सभामुखसहित २४ प्रदेश सदस्य रहेको एमालेमा १७ जना नेपालतिर र सात जना […]
काठमाडौं, २६ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् । उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ । नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले प्रचण्डसँग पनि छलफल बढाइसकेका छन् । ऋषि […]
नागरिक रैबार/बाजुरा २६ जेठ। जिल्लाको गौमुल गाउँपालिकाको वडा नं.६ सटेडा स्थित ग्वाडामा १५ रोपनि खेतियोग्य बाँझो जग्गामा ३०० बोट किविका विरुवा रोपी बगैचा स्थापना गरिएको छ । सटेडाका २० घरधुरीले गाई भैसिको चरन गौचरमा परिणत गरेको बाँझो जग्गालाई तहाँ रहेका सुनौलो कृषक समुह र साहारा कृषक समुहका सदस्यहरुले सामुहिक रुपमा किविको खेतीको शुरु गरेका हुन् […]