होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालय/विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर […]
नागरिक रैबार/बाजुरा ३०जेठ।बाजुरामा गत २२ वैशाखबाट जारी गरिएको निषेधाज्ञा भोली जेठ ३१ गते साँझ १२ बजे सकिदैछ । बाजुरामा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । जिल्लामा कोरोना भाईरस संक्रमण फैलिएको भएपनि असार पहिलो सातासम्म लागु हुने गरी बाजुरामा निषेधाज्ञाको समयावधि बढाईने तर साविकको भन्दा खुकुलो हुने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका सयोजक […]
प्रकाश विक/बाजुरा ३० जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ रतुडाको दलितवस्तीमा अहिले खानेपानीको चरम अभाव भएको छ । १० बढी दलित परिवार बसोबास गर्दै आएको रतुडाका स्थानीयहरु धारासंगै बग्ने सिंचाई कुलोको पानी पिउन बाध्य भएका छन् । गाउँमा धाराहरु निर्माण भएका छन् । तर अहिले धाराहरुपनि जिर्ण अवस्थामा छन् । १० वर्षपहिले खानेपानीका धाराहरु […]
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन […]
कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनमा जाने निश्चित रहेको बताए । उनले यसका लागि छलफल जारी रहेको भन्दै केही दिनभित्रै टुंगोमा पुग्ने जानकारी दिए । ‘हो […]
गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको टिप्पणी गरेका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको भन्दै तर गठबन्धनको आयु लामो नहुने टिप्पणी गरेका हुन् । उनले सबै दलमा विभाजनका रेखा […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक […]
३० जेठ, पोखरा । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताएका हुन् । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उनले […]
पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार […]
महोत्तरी– दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका- ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका-२ का २४ वर्षीय […]
नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली काँग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् । उनले नेपाली कांग्रेसकैमिलीभगतमामहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै […]
प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । पौडेलका अनुसार यो देशव्यापी हुन […]
बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय ८३ पुगेको छ । आज ५० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज बाजुरामा आज निको भएर घर फर्किएको तथ्याङक शुन्य रहेको छ । बाजुरामा […]
गृहमन्त्री खगराज अधिकारीले प्रहरीलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका अधिकारीले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न निर्देशन दिएका हुन् । गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी […]
सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ […]
बागलुङ नगरपालिका–६ लहरे पिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमला कुमारी शर्माको मृत्यु भएको वडा सचिव रुद्र केसीले जानकारी दिए । ग १ त ६३०३ नंको ट्रयाक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडा सचिव केसीको भनाइ छ । मृतक शर्मा […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने बताएका बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आफ्नो भनाइ फिर्ता लिएका छन् । आज बसेको बाग्मती प्रदेशसभा बैठकमा विषेश समय लिएर बोल्दै सा.सद वैद्यले आफुले गलत मनसाय नराखेको आवेगमा आएर गलत शब्द बोलेको भन्दै आत्मालोचना गर्दै आफ्नो भनाइ फिर्ता लिएका हुन् । प्रदेशसभा बैठकमा उनले भने,‘वास्तवमा सम्माननीय […]
भन्दा र सुन्दा राम्रो लाग्दैन । तर, वास्तविक हो । अब नेकपा एमाले एक छैन । एमाले विभाजनको सिकार भयो । भलै अर्को पार्टी घोषणा भएको छैन । त्यो प्राविधिक कुरा रह्यो । एमाले विभाजनको फेहरिस्त लामो छ । तर, जति नै लामो भएपनि केपी शर्मा ओलीको पेरिफेरि नै घुम्छ । किनकि, एमाले विभाजनको कारक […]
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ । कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले भदौ ७ देखि १० […]
अछामः साँफेबगर बाजुरा सडक खण्डमा चक्काजाम गरिएको छ। साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा स्थानीयले चक्काजाम गरेका हुन्। देउझाला क्षेत्रमा बुढिगंगा नदि संगै जोडिएको सडकका कारण आफुहरुको बस्ति जोखीमा रहदा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयले बताएका छन्। सडक चक्काजामको नेतृत्व गरिरहेका युवा मुकेश कुँवरका अनुसार बुढिगंगा नदिसंगै जोडिएको […]