होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमालेका १७ सांसद (नामावलीसहित)
समाचार

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमालेका १७ सांसद (नामावलीसहित)

  • नागरिक रैबार
सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमालेका १७ सांसद (नामावलीसहित)

काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता प्रकाश शाहीसहित नेकपा एमालेका १७ प्रदेश सभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरुले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गरेका हुन् ।

नेपालको संसदीय इतिहासमा पार्टीको ह्वीप उल्लंघन गरेर सोही पार्टीका दुई तिहाई सांसदले फ्लोर क्रस गरेको यो पहिलो घटना हो । यसअघि कर्णाली प्रदेशमा एमालेका ४ सांसदले भोट क्रस गरेका थिए । आजको भोट क्रस गर्नेमा संसदीय दलको २५ सांसदमध्ये १७ जना थिए ।

भोट क्रस गर्ने सांसदहरु संसदीय दलका नेता शाहसहित माधव नेपाल खेमाका हुन् । सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलमा नेपाल समूहको स्पष्ट बहुमत छ ।

विज्ञापन

मुख्यमन्त्री भट्टले प्रदेश सभाको ५२ सांसदमध्ये ३० मत पाएका थिए । विपक्षमा ९ मत परेको थियो । १२ मत तटस्थ रह्यो । सुदूरपश्चिममा सभामुखसहित नेकपा एमालेका २५ सांसद छन् । जसमध्ये ७ जनामात्र प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ हुन् ।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमालेका सांसदहरु

अमरबहादुर साउद
अर्चना गहतराज
कुलवीर चौधरी
कृष्णराज सुवेदी
चुनकुमारी देवी चौधरी
तारा लामा तामाङ्ग
दीर्घबहादुर सोडारी
दुर्गाकुमारी कामी
पूर्णा जोशी
प्रकाश बहादुर शाह
प्रकाश रावल
बलबहादुर सोडारी
मनाकुमारी साउद
माया भट्ट
लाल बहादुर खड्का
सुशीला बुढाथोकी
हर्कबहादुर कुँवर

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार