होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ असार। जिल्लाको बडीमालिका नगरपालिका-८ का वडाध्यक्ष प्रकाश रावलले वडामा रहेका टुहुरा तथा असाहय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । वडा भित्र रहेका विद्यालयको शैक्षिक सुधार र बालबालिकाको पढाईलाई गुणस्तरीय बनाउन विद्यालयमै पुगेर बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । आइतबार वडा भित्र रहेको बालमन्दिर आधारभुत विद्यालय र जनप्रकाश आधारभुत विद्यालयमा अध्ययन […]
बाजुरा — गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् ।हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् । सडक खनेपछि पहिरोले भासिएको बाजुराको हिमाली […]
काठमाडौं, असार २१ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका […]
२१ असार, काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।
२० असार, चितवन । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले […]
२१ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दै छ । ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ […]
जीवन कैला/काेल्टी २१ बाजुरा। बाजुराको कोल्टीमा अाईतबार साँझ केपी ओली सरकार विरुद्ध राके जुलुस सहित युवाहरू सडकमा ओर्लीएका छन । अहिले सरकारको नेतृत्व गरिरहेका केपी आलीले संविधानको उलंघन गर्दै अराजक शैलीमा देशमा शासन गरिरहेको भन्दै बाजुराकाे काेल्टीमा युवाहरुले केपीओलीको पुत्ला दहन समेत गरेका हुन । विभिन्न राजनैतिक दलका भातृसंघहरुले आईतबार साँझ कोल्टी बजारमा केपीओली सरकारको […]
बैतडी: बैतडीको सिगास गाउँपालिका ३ लगनमा आइतबार बिहान जीप दुर्घटना हुँदा फरार रहेका जिप साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। दुर्घटना हुने बित्तिकै फरार रहेका जिप साहु सिगास गाउँपालिका ३ का ४४ बर्षीय हरिभान साउँद र चालक १९ बर्षीय खगेन्द्र साउँदलाई उनीहरुको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी […]
२० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले अनुमति माग गरेको र परीक्षाको […]
नागरिक रैबार/बाजुरा २० असार। बडीमालिका नगरपालिका वडा ९ को अनाईको दलित बस्ती पूरै बाढी र पहिरोको उच्च जोखिम्मा परेको छ । मार्तडी-कोल्टी सडक निर्माण गर्दा सडक निर्माण कम्पनिले जथाभावि डोजर लगाएर सडक खनेपछि सो दलित बस्तीका स्थानीयहरु रातभर जागाराम बस्दै आएका छन् । निरन्तरको वर्षा त्यसै माथि जथाभावी सडक निर्माण र अनाई खोलामा आउने बाढीले […]
२० असार, काठमाडौं । मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई […]
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भेटका क्रममा […]
सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट छापिएका पाठ्यपुस्तक विभिन्न प्रदेश र जिल्लामा बिक्रेतामार्फत ढुवानी गराइएको हो । विगतका तय गरिएका पाठ्यक्रम मुद्रणीय प्रति (सिआरसी) का आधारमा पहिल्यै छापिएका […]
२० असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी छन् । रायमाझीले आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको संसद सचिवालयलाई जानकारी गराएकी हुन् । […]
राष्टियसभाको बैठकमा सरकारले अघिल्लो वर्ष बाढी पीडितलाई घोषणा गरेको राहत अझै नदिएको भन्दै गुनासो गरेका छन् । गृहमन्त्री विष्णु पौडेलले बैठकमा बाढी प्रभावितहरूका लागि सरकारले गरेको कामको फेरिहस्त सुनाएपछि अघिल्लो वर्षका बाढी प्रभावितले यो वर्षसम्म किन राहत पाएनन् भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले बाढी पहिरो जस्ता विपत्तिका गृहमन्त्रालयको तयारी छेपारोको उखान जस्तो […]
गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् । उनले भने, […]
२० असार, बैतडी । आइतबार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले उपचारका लागि लैजाने क्रममा धामीको मृत्यु भएको जानकारी दिए । […]
२० असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतले प्रधानमन्त्री नियुक्ति गर्न मिल्छ र भनी प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गरेका बेला प्रधानन्यायाधीश जबराले अदालतले प्रधानमन्त्री नियुक्त गरिदिने अभ्यास राम्रो हो र भनी प्रश्न उठाएका हुन् । अधिवक्ता मेघराज पोखरेलले बहसका क्रममा संविधानको धारा ७६ (५) […]
काठमाडौं, असार २० । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश नम्बर १, २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । आगामी सोमबारसम्म ती स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका […]
काठमाडौं, असार २० । कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ । कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालयका सहसचिव शर्माले अर्को विद्यालयमा परीक्षा दिलाउने कुरामा समस्या पर्न सक्ने आकलन आफूहरूले गरेको उल्लेख […]