होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अझै तीन दिन वर्षा हुने
समाचार

अझै तीन दिन वर्षा हुने

  • नागरिक रैबार
अझै तीन दिन वर्षा हुने

काठमाडौं, असार २० । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश नम्बर १, २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ ।

आगामी सोमबारसम्म ती स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मुलुकभरका ठूला तथा साना नदीमा पानीको बहाव बढ्ने क्रम तीव्र रहेकाले सकभर नदी किनारा तथा जोखिमयुक्त पहाडी क्षेत्रमा भ्रमण नगर्नसमेत विभागले आग्रह गरेको छ ।

प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–२ र वागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार