होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनले नेपालसहित विश्वका नेताहरुको सम्मेलन आयोजना गर्दै
समाचार

चीनले नेपालसहित विश्वका नेताहरुको सम्मेलन आयोजना गर्दै

  • नागरिक रैबार
चीनले नेपालसहित विश्वका नेताहरुको सम्मेलन आयोजना गर्दै

२१ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दै छ ।

‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ ।

यो कार्यक्रम नेपाली समयअनुसार मंगलबार साँझ ६ बजेपछि सुरु हुने छ । भर्चुअल कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी हुने छन् ।

विज्ञापन

चीनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रुपमा मनाइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार