होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ असार। गएराति अविरल वर्षासंगै गुईगाड खोलामा आएको बाढीले बुढीगंगा नदि थुनिएर सेरावगरमा ताल परेपछि आसपासका क्षेत्र जोखिम्मा परेका छन् । बुधबार राति गईगाड खोलामा आएको बाढीले बुढीगंगा नदिलाई सेरावगरमा थुनेर ताल परेको स्थानीय भरत बुढाले बताएका छन् । सेराबगरमा ताल थुनिएपछि फालासेन, ताँप्रीसेरा, बाम्का बजार र साँफेवगरमा रहेका बस्तीहरु उच्च जोखिम्मा परेका […]
नागरिक रैबार/बाजुरा २४ असार।बाजुरामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका १६ जना कार्यकर्ता रिहा भएका छन । २० महिना अगाडी जिल्लाको गौमुल गाउँपालिकाबाट गिरप्तार भएका नेकपाका नेता तथा कार्यकर्ताहरु मंगलबार जिल्ला अदालतको आदेश पछि रिहा भएका हुन । बुधबार रिहा भएका १६ जना मध्य दुई जना भने पुन गिरप्तार गरी अछाम पुर्याएको नेकपा जिल्ला कमिटी सचिव […]
बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए । अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, […]
सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म यस्तो भेटघाट गर्नै नपरोस् भनेर बसेका नेपालका निम्ति दोस्रो पुस्ताका नेताहरूले बाध्यता सिर्जना गरेका हुन्। दोस्रो पुस्ताका भनिएका […]
आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो । तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको […]
काठमाडौं, असार २४ । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ। ‘माधव नेपालले कोर्स […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको छ। प्रदेश सरकार गठन भएको करिब ४० महिना बितेपछि सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको हो। बुधबार प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी छन्। प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम […]
डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेको पाइएको छ।प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो। धामीको नागरिकतामा अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसीएको हो। उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन्। नागरिकतामा […]
धनगढी : काँग्रेसको जिल्ला अधिवेशन नजिकीसंगै सुदूरपश्चिममा सबैभन्दा बढी चुनावी रौनक सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको छ। डडेल्धुरामा देउवा र वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था छ। देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् भने मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेका छन्। गृहजिल्लामै देउवालाई […]
२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको कारण […]
बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दुवै योजनामा विपद्का घटना न्यूनीकरणका लागि आवश्यक तयारीका कुरा समेटिएका छन् । प्रत्येक क्षेत्रका योजना समावेश गरिएका र […]
२३ असार, काठमाडौं । विश्व बैंकको एक अध्ययनमा पछिल्लो केही दशकमा भारतका गाउँमा दाइजो प्रथाको अवस्था निकै हदसम्म स्थिर रहेको पाइएको छ । यो प्रथा अझै पनि जारी रहेको अध्ययनमा पाइएको छ । शोधकर्ताहरुले सन् १९६० देखि सन् २००८ सम्म ग्रामीण भारतमा भएका विवाहहरुको अध्ययन गरेको थियो । अध्ययनमा ९५ प्रतिशत विवाहमा दाइजो लेनदेन भएको […]
काठमाडौं: जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन्। जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उनीहरुले औँयाएका हुन्। स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले सन् २०५० सम्ममा […]
२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैछन् । तर यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उनले बताएका छन् । राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए । उनले जारी […]
काठमाडौं । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । जुवा खालबाट ३३ थान कौडा […]
नागरिक रैबार/बाजुरा २२ असार। जिल्लाको बुढिनन्दा नगरपालिकाका १० वटै वडामा अबदेखि वडाका न्यायिक मुद्धा हेर्न सजिलो हुने भएको छ । सोमबार नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई कार्य सम्पादन तथा न्यायिक प्रकृया सम्बन्धी प्रशिक्षण गरेपछि अव वडामै न्यायिक मुद्धाहरु सम्पादन गर्न सजिलो हुने भएको हो । नगरपालिकाको न्यायिक समितिले वडा नं १ देखी १० का वडा अध्यक्ष […]
काठमाडौं, २२ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थमन्त्रालयको हलमा बसेको बैठकमा दुवै पक्षबाट आ–आफ्नो धारणा राख्ने काम भएको थियो । माधव नेपाल पक्षधर नेताहरुले आफ्ना असहमतिहरु राखेका थिए । पछिल्लो समय एमालेको विवाद मिलाउनको लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते […]
काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीका नेता महादेव यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी भएर जनकपुरबाट काठमाडौं फर्किएलगत्तै दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । एमालेभित्रको विवाद समाधानको लागि कार्यदल सक्रिय भएको बेला प्रचण्डले नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा […]
नागरिक रैबार/बाजुरा २२ असार। बडीमालिका नगरपालिका वडा नं. ९ मा एकदिने अपाङ्गता सम्वन्धि अन्तरक्रिया गोष्ठी संचालन गरिएको छ ।बडीमालिका नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला अपाङ्ग कल्याण सेवा संघ बाजुराको आयोजनामा उक्त गोष्ठी संचालन गरिएको हो । गोष्ठीमा वडा नं. ९ का अपाङ्गता भएका व्यक्तिहरुको डाटा संकलन र उनीहरुको अवस्थाका बारेमा जानकारी गरिएको गोष्ठीका प्रशिक्षक विरेन्द्र […]
काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी औपचारिक रुपमै फुट्ने भएको छ । अलग अलग जाने मार्ग खोलिदिन भन्दै आज दुवै पक्ष निर्वाचन आयोगमा पुगे । योसँगै जसपाको औपचारिक विभाजन आयोगबाट हुने सम्भावना बढेको छ । जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ । जसपामा निर्वाचन आयोगमा भएका […]