होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडा अध्यक्ष रावलद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
समाचार

वडा अध्यक्ष रावलद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • नागरिक रैबार
वडा अध्यक्ष रावलद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा २१ असार। जिल्लाको बडीमालिका नगरपालिका-८ का वडाध्यक्ष प्रकाश रावलले वडामा रहेका टुहुरा तथा असाहय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । वडा भित्र रहेका विद्यालयको शैक्षिक सुधार र बालबालिकाको पढाईलाई गुणस्तरीय बनाउन विद्यालयमै पुगेर बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

आइतबार वडा भित्र रहेको बालमन्दिर आधारभुत विद्यालय र जनप्रकाश आधारभुत विद्यालयमा अध्ययन गर्दै आएका टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको वडा अध्यक्ष रावलले बताएका छन् । विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्दै वडा अध्यक्ष रावलले भने विद्यालयको शैक्षिक सुधार र गुणस्तरिय विद्यालय बनाउन ८ नम्बर वडा कार्यालय लागि रहेको बताए ।

वडाका बालबालिकाहरुको भविष्य निर्माण र उनीहरुलाई आत्मनिर्भर बनाउन शैक्षिक क्षेत्रको महत्वपूणर् भुमिका हुने गरेको वडाध्यक्ष रावलको भनाई रहेको छ । वडामा रहेका विपन्न,टुहुरा,अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री लगायतको सहयोग वडाले गर्दै आएको वडाध्यक्ष रावलको भनाई छ ।

विज्ञापन

वडाको शैक्षिक स्तरोन्नती गर्नका लागि शैक्षिक अभियान कार्यक्रम ल्याएको वडाध्यक्ष रावलले बताए । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । शैक्षिक सत्रको सुरुवातमा नै वडाले विपन्न र टुहुरा बालबालिकालाई सहयोग गरेको हो ।

बालमन्दिर आधारभुत विद्यालयका १२ जना र जनप्रकाश आधारभुत विद्यालयका २१ जना गरी ३३ जनालाई शैक्षिक सामग्री सहयोग गरिएको वडासचिव सरिता ठगुन्नाले बताएकि छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार