होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् । प्रचण्डले भने,’देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, अनि संसद पनि पुनर्स्थापना हुन्छ […]
चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले बताए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पोष्टमार्टम […]
बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए । उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।आचार्यले कोरोना […]
२२ असार, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए । एसएसपी चन्दका अनुसार दुर्घटनामा परी रास्कोट […]
धनगढी : नेपाली काँग्रेसको जिल्लाको अधिवेशन २६ साउनमा हुँदैछ। सुदूरपश्चिम प्रदेशमा पनि जिल्ला सभापतिका आकांक्षीले दाबी प्रस्तुत गर्न थालेका छन्। १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरु निर्वाचित भएका थिए। प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति […]
नागरिक रैबार/बाजुरा २२ असार । बाजुरामा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।जिल्लाको जगन्नाथ गाउँपालिकी १८ वर्षीया कमला विष्टको कोल्टिबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकिएपछि उनलाई नेपालगन्ज पठाइएको बताइएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।
नागरिक रैबार/बाजुरा २२ असार । बाजुराको त्रिवेणी नगरपालिका-४ का ४१ वर्षिया शारिरीक रुपमा असक्त टेक साउँदलाई बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले उनको घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेका छन् । साउँदको शारिरीक अवस्थाले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बाजुरा जान समस्या भएपछि उनलाई घरमै पुगेर सहायक प्रजिअ भण्डारीले नागरिकता प्रदान गरेको बताईएको […]
सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८ असारका लागि पेसी तोकिएको छ । सम्भवतः सोही दिन फैसला आउन सक्ने सम्भावना छ । ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दाबी पर्न आएको […]
काठमाडौं । देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा […]
नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने नेताले बताएका छन् । माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने प्रतिक्रिया दिए । सोमबारको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन भएको […]
अछाम: सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न क्षेत्र सडक सञ्जालसँग जोडिएपछि धेरै बिरामीहरुले एम्बुलेन्स सेवा पाइरहेका छन्।झन सुत्केरी व्यथा लागेकी महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टर उपलब्ध गराउने गरेको छ। जसअनुसार विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकाहरुलाई हेलिकोप्टरमार्फत उद्वार गरिन्छ। तर अछामकी एक गर्भवतिले एम्बुलेन्स त कहाँ हो कहाँ सामान्य स्ट्रेचर समेत पाएकी […]
२१ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार […]
काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा बस्दैछ । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र […]
२० असार, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ । जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा […]
२१ असार, सिमकोट । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो । आवासीय […]
नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति […]
२१ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ । शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर शव राखेको थियो । […]
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरूद्ध परेका ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी […]
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पीडा शुरु भएको थियो । सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक […]
नागरिक रैबार/बाजुरा २१ असार। बडीमालिका नगरपालिका ९ को सेलाघाट बस्तीमा एक घर एक धारा निर्माण गरिएका छन् ।बडीमालिका नगरपालिका र युनिसेफ नेपालको वास कार्यक्रमको सहयोगमा उक्त बस्तीका २५ घर धुरीका लागि एक एक एक धारा निर्माण गरिएका हुन् । बडीमालिका नगरपालिका भित्र एक घर एक धारा अवधारणा अनुसार उक्त बस्तीमा मिटरसहितका धारा निर्माण गरिएको युनिसेफका […]