होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभामा गृहमन्त्रीलाई सांसदको प्रश्न : राहत दिने भन्दै किन ढाँट्छ सरकार ?
राजनीति

राष्ट्रियसभामा गृहमन्त्रीलाई सांसदको प्रश्न : राहत दिने भन्दै किन ढाँट्छ सरकार ?

  • नागरिक रैबार
राष्ट्रियसभामा गृहमन्त्रीलाई सांसदको प्रश्न : राहत दिने भन्दै किन ढाँट्छ सरकार ?

राष्टियसभाको बैठकमा सरकारले अघिल्लो वर्ष बाढी पीडितलाई घोषणा गरेको राहत अझै नदिएको भन्दै गुनासो गरेका छन् । गृहमन्त्री विष्णु पौडेलले बैठकमा बाढी प्रभावितहरूका लागि सरकारले गरेको कामको फेरिहस्त सुनाएपछि अघिल्लो वर्षका बाढी प्रभावितले यो वर्षसम्म किन राहत पाएनन् भनेर प्रश्न गरे ।

 

सांसद प्रकाश पन्थले बाढी पहिरो जस्ता विपत्तिका गृहमन्त्रालयको तयारी छेपारोको उखान जस्तो हुने गरेको बताए । उनले अघिल्लो वर्षका प्रभावितले अहिलेसम्म राहत नपाएको बताए । सांसद अनिता देवकोटाले कहिले बाढी पहिरो जान्छ र जाउँला भनेर सरकार बस्ने गरेको बताउँदै कुनै तयारी नगरेको उल्लेख गरिन् ।

विज्ञापन

यस्तै सांसद रामनारायण विडारीले कोसी, गण्डकी, महाकाली नदीमा अनावश्यक सम्झौता गरेका कारण नदीमा ढोका लगाएका कारण तराई डुबेको बताउँदै त्यहाँ बाढी रोक्न भारतसँग सरकारले के गरेको छ भन्दै प्रश्न गरे । सांसद उदया शर्माले लमजुङ बेंसीशहर बाटो कहिले खुल्छ भनेर जनताले फोन गरिरहेको बताउँदै गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।

सांसद शेरबहादुर कुँवरले अछामको रामारोशनमा अघिल्लो बर्ष भदौ २ गते बाढीले तहसनहस पारेको उल्लेख गर्दै त्यहाँ अहिलेसम्म राहत नदिएको उल्लेख गरे । सरकारले अघिल्लो बर्ष हिमालमा घरबास नहुनेका लागि ३ लाख, पहाडमा २ लाख र तराईमा १ लाख दिने भनेपनि अहिलेसम्म नपाएको जानकारी गराउँदै उनीहरुले कहिले राहत पाउँछन् भन्दै प्रश्न गरे ।

यस्तै सांसद महेशकुमार महराले डडेलधुरा जिल्लाको परशुराम नगरपालिका ८ नम्बरको स्वास्थ्य केन्द्रकी कर्मचारी अस्मिता धामी यही असार २ गते कोभिड खोप लिएर जाँदा उनको जंगलमा हत्या गरिएको भेटिएको जानकारी गराए । उनले धामीको हत्यारा कहिले पत्ता लाग्छ भन्दै निर्मला पन्तको अवस्था हुने त हैन भन्दै प्रश्न गरे ।

अर्का सांसद जिवन बुढाले अघिल्लो वर्ष कालिकोटमा ३ सय परिवार बाढीबाट प्रभावित भएको र २ सय जना अझैपनि प्लाष्टिक ओडेर बसेको भन्दै उनीहरुको पुनःस्थापना कहिले हुन्छ भन्दै जिज्ञासा राखे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै