होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बारा । बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैंसे पुरुषको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको हो । खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा […]
वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताए । अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। यसैगरी, शुक्रबार दिउँसो […]
१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक -डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् । प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् । कंडेलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर […]
नागरिक रैबार/बाजुरा १७ असार। बडीमालिकाका नगरपालिका वडा नं ९ अनाईका बाढीपहिरो पिडित १२ दलित परिवारलाई राहात वितरण गरिएको छ । बडीमालिका मिडीया हाउसले अनाईको दलित बस्तीमै पुगेर उनीहरुलाई राहत वितरण गरेको बडिमालिका मिडिया हाउसका संचालक प्रकाश सिंहले बताएका छन् । मार्तडी-कोल्टी सडकखण्ड निर्माणका लागि भन्दै सडक निर्माण कम्पनिले सडक निर्माण गर्दा जथाभावी राखेको माटो असार […]
धनगढी: अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरि विवाद गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। बुधवार रातमा पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित एक होटेलमा खनालले मदिरा सेवन गरेर होटेलका सञ्चालकमाथि हातपात गरेको बताईएको छ। उनले महिलामाथि अभद्र व्यवहारसमेत गरेको […]
उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद व्यवस्थापन तथा सोबाट हुनसक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा बसेको विपद् सम्बन्धी बैठकमा मन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् । सो अवसरमा मन्त्री पौडेलले विपत व्यवस्थापन तथा […]
काठमाडौँ, १७ असार: वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उनले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णयविपरीत […]
तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ । चेतबहादुर भुजेलको घरमाथि पहिरो आई पुरिएको घरबाट ५५ वर्षीया खगिमाया भुजेल र १४ […]
एक महिनादेखि भइरहेको लगातारको वर्षाले यहाँका कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो गरिएसँगै जिल्लामा यातायातका साधन सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिए […]
काठमाडौँ — एमाले स्थायी कमिटीले मंगलबार माओवादी केन्द्रसँग एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने, महाधिवेशन आयोजक कमिटी भंग गर्ने र आयोजक कमिटीबाट भएका निर्णय स्वतः खारेज हुने निर्णय गरेको थियो । तर एमालेले पार्टीभित्रको असन्तुष्ट समूहले समेत प्रश्न खडा गरेको आयोजक कमिटीको बुधबारका लागि पूर्वनिर्धारित बैठक स्थगित गरेन । एकातिर आयोजक कमिटी खारेजको निष्कर्षमा पुग्ने तर अर्कोतर्फ त्यही […]
गत फागुन १० गते कर्णालीका वादी समुदाय प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला भए । सुर्खेत, दैलेख, जाजरकोट र कालिकोटका गरी झण्डै ४८० भन्दा धेरै वादी समुदाय बसिरहेको स्थान देखिनै पैदल यात्रा गरेर वीरेन्द्रनगरमा आएका थिए । उनीहरु सुर्खेत आउनुको एउटै उद्देश्य थियो, ‘व्यवस्थित, बसोबास, खेती गरेर खाने जमिन र शिक्षा स्वास्थ्य लगायत संविधानको मौलिक हकमा व्यवस्था […]
नागरिक रैबार/बाजुरा १७ असार। जिल्लाको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका विद्यालयहरु यही असार २५ गतेबाट खोल्ने तयारी गरेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द रहेका विद्यालयहरु कोरोना महामारीे नियन्त्रणमा आएपछि नगरभित्रका विद्यालय खुलाउने तयारी गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय […]
१७ असार, काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् । नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका […]
काठमाडौँ — दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चलानमा आएको छ । कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो । मन्त्रिपरिषद्को असार ७ को निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । […]
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार(आज)देखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक […]
१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार […]
१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको सदरमुकाम मार्तडी बजारमा प्रधानमन्त्री ओली पक्ष र विपक्षी गठबन्धनका विद्यार्थीहरु विच दोहोरो झडप भएपछि मार्तडी बजारमा अहिले सुरक्षा व्यवस्था कडा गरिएको छ । मार्तडीको लोकतान्त्रिक चोक देखि गैरी बजार खुलामन्च अस्पताल रोड लगायतका ठाउँमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक बलेन्द्र नाथ सहित सयौंको संख्यामा नेपाल प्रहरी, शसत्र प्रहरी खटिएका […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय अनेरास्ववीयु र विपक्षी गठवन्धनका विद्यार्थी विच दोहोरो झडप भएको छ । बुधबार साँझ साढे ७ बजे मार्तडीको लोकतान्त्रिक चोकमा ओली पक्षीय अनेरास्ववीयुका विद्यार्थी र विपक्षी गठबन्धनका विद्यार्थीहरु विच दोहोरो झडप भएको हो । झडपमा दुवै पक्षका दर्जन बढी कार्यकर्ता घाईते भएका छन् । […]