होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा […]
धनगढी : एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन हुने बताएका छन् । उनले केही स्वार्थी पदलोलुप्तहरुले आफ्नो भाग खोसिने चिन्ता गरेर अनेक हल्ला गरेको संकेत गरे । कोही कोही जन्ते ताउलोमा होइन खिचडी पकाउने कसौडीमा खान खोज्छन तर एमालेमा त्यस्तो हुँदैन मंगलबार धनगढी स्थित नेकपा (एमाले) को कार्यालयमा आयोजित कार्यक्रममा उनले भने […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्पूर्ण नेता–कार्यकर्ताको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने कर्तव्य रहेको बताएका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले १० बुँदे कार्यान्वयनको जिम्मेवारीबाट कसैले पनि पन्छिन नहुने बताएका हुन्। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा अझै अन्तर्विरोध झेल्नुपर्ने टिप्पणी गरेका छन् । धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पार्टीको विवाद समाधानका लागि १० बुँदे प्रस्ताव तयार भएको र त्यो कार्यान्वयन भइसकेको बताए । उनले १० बुँदेको २ नम्बर बुँदालाई सम्झाउँदै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै त्यसलाई कार्यान्वयन […]
नागरिक रैबार/बाजुरा २९ भदाै। बाजुरामा पनि संविधान दिवस ३ दिन सम्म भव्यताका साथ मनाइने भएको छ । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन तयारी गरे संगै बाजुरामा पनि ३ दिन सम्म भव्यताका साथ मनाउने तयारी गरेको छ । संविधान दिवस मूल समारोह जिल्ला समितिको सोमबार जिल्ला प्रशासन कार्यालय बाजुराको […]
धनगढी : एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष भीमबहादुर रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। दुबै नेता अहिले गृह प्रदेश सुदूरपश्चिममा छन्। भीम रावल आज मध्यान्न धनगढी पुगेका हुन् भने सोमबारदेखि कैलालीमा रहेका भट्ट आज कञ्चनपुर गएका छन्। एमाले उपाध्यक्ष रावलले अहिले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन्। उनले १० बुँदे कार्यान्वयनबाट कसैले पनि […]
२९ भदौ, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको छ ।२८ भदौमा बसेको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो । नेपाल कम्युनिष्ट पार्टी समाजवादीले कार चुनाव चिन्ह लिएका छन् ।पार्टीले केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका-७, काठमाडौंमा राखिएको जनाएको छ ।
कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ । मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार राजमार्गको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्तर्गत चिसा खोला नजिक पहिरोले सडक अवरुद्ध बनेको हो । राजमार्ग खुलाउने प्रयास भईरहेको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । सडकमा खसेको ठाउँमा हटाउने प्रयास भइरहेपनि […]
काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन बजेट (विनियोजन विधेयक–२०७८) लाई नियमित प्रक्रियाबाटै पास गर्ने भएको छ । यससँगै ३० भदौबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको छ । अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिएका छन् ।अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ । तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको […]
रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको […]
२९ भदौ, काठमाडौं । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन […]
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको नाराबाजी र अवरोधका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका छन् । आजको बैठकको सुरुवातमै उनले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् । सभामुखले आजको बैठक सुरु भएको जानकारी गराउना साथ एमाले सांसद नाराबाजी गर्दै रोष्टमतिर दौडिएका दिए । उनले आजको […]
मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्।राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए। उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्। त्यसैअनुसार केही एजेण्डाहरूमा उनले निर्णय समेत गरिसकेको अध्यक्ष माझीले बताए।’स्थानीय, प्रदेश र संघीय […]
नागरिक रैबार/बाजुरा २९ भदाै। बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखाको खाद्यन्न डिपोमा चामल सकिएको छ । वर्षातको समयमा जिल्लाको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडक पहिरोका कारण अवरुद्ध भई चामल ढुवानी गर्न नसकेपछि डिपोमा चामल सकिएको हो । कम्पनिले सर्वसाधारण उपभोक्ताका लागि निरन्तर विक्री गर्दै आएकोमा कम्पनिमा रहेको मौज्दात चामल सकिएपछि […]
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए । ‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो । प्रहरीले उनलाई सार्वजनिक हित […]
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके […]
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ ।बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका […]
२९ भदौ, कर्णाली (सुर्खेत) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका-६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो । २०७१ साल जेठ १८ गते गुर्भाकोट नगरपालिका-९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा […]
डोटी: जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन्। यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन्। केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सस्थाले जनाएका छन्। जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले […]