होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १६ वर्षीया किशोरी बनिन् एक दिने गाउँपालिका अध्यक्ष!
समाचार

१६ वर्षीया किशोरी बनिन् एक दिने गाउँपालिका अध्यक्ष!

  • नागरिक रैबार
१६ वर्षीया किशोरी बनिन् एक दिने गाउँपालिका अध्यक्ष!

मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्।राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए। उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन्।

त्यसैअनुसार केही एजेण्डाहरूमा उनले निर्णय समेत गरिसकेको अध्यक्ष माझीले बताए।’स्थानीय, प्रदेश र संघीय सरकार कसरी काम गर्छ। बैठकहरू कसरी सञ्चालन हुन्छ। यसको काम कर्तव्य के कस्तो हुन्छ आदि कुराबारे बालबालिकाहरूलाई जानकारी गराउन एक दिनको लागि उहाँलाई राखिएको हो,’ अध्यक्ष माझीले भने।

उनका अनुसार ऋषिदेवले ११ बजे कार्यभार सम्हालेकी हुन्। गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो।

विज्ञापन

त्यस बैठकले पहिले नै केही एजेण्डा तयार गरेको थियो। त्यसअनुसार गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष समेत खडा गरिएको अध्यक्ष माझीले बताए।

‘आज उहाँले यी तीन एजेण्डाको निर्णय गर्नुभयो। आज विद्यालयहरू, स्वास्थ्य चौकीको निरीक्षण पनि गर्दै हुनुहुन्छ,’ उनले भने,’कार्यक्रमहरूले निरन्तरता पाउँछ।’  सेताेपाटीबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार