होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भदौ, लहान । ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट […]
डोटी । नेकपा -एमाले)का उपाध्यक्ष डा भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने […]
धनगढी : ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु,’ सोमबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए, ‘यो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे, तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’ एमाले विभाजन भएसंगै ज्यान दिन्छु भन्ने कार्यकर्ताले […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लामा रहेका मानव अधिकारकर्मीहरुको सुरक्षा एंव सरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे जिल्ला स्थित सरोकारवाला निकायसंग एक अन्तरक्रिया कार्यक्रम मार्फत छलफल गरिएको छ । मानव अधिकार रक्षक संजाल बाजुरा र इन्सेक बाजुराको सयुक्त आयोजनामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा बाजुरामा मानव अधिकार हनन् हुने खालका घटनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा […]
कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर नगर विकास समितिका तत्कालीन पदाधिकारीले गरेको जग्गा बिक्रीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन सुरु गरेको छ । आयोगको केन्द्रीय टोलीले छानबिन सुरु गरेको हो । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको रूपमा रहेको नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत छ । नगरपालिकाले केही महिनाअघि मात्रै नगर विकासको स्वामित्व लिएको हो […]
काठमाडौँ– बुधवारदेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ । पहिलो दिन बुधबार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । गत जेठ महिनामा हनुुपर्ने कक्षा १२ को वार्षिक परीक्षा कोरोना महामारीका कारण पटक पटक स्थगन भएकाले बुधावार सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ १६ गते निकालेको पछिल्लो परीक्षा तालिका अनुसार […]
धनगढीः अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए। विशेष […]
धनगढी : नेपाली काँग्रेसले कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेका हुन्। सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले बताए। तर निर्वाचन समितिले सदस्यता नामावली […]
भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन […]
यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला […]
काठमाडौं– सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनका लागि आवश्यक पर्ने खर्च सम्बन्धित स्थानीय तहले बेहोर्नुपर्ने गरी निर्देशिका जारी गरेको छ । गृह मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार सम्बन्धित प्रहरी कार्यालयको समन्वयमा यस्तो खर्च सम्बन्धित स्थानीय तहले बेहोर्नुपर्ने भएको हो ।निर्देशिकामा शव व्यवस्थापन गर्दा सरकारलाई थप आर्थिक दायित्व सिर्जना हुने भए अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने प्रावधानसमेत राखिएको […]
३० भदौ, बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले आफूलाई ‘सिध्याउन’ लागेका कारण आफूले उनीविरूद्धउजुरी दिएको बताएकी छन् । उनले जिल्ला प्रहरी कार्यालय बुटवलमा मंगलबार पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् । वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म […]
काठमाडौँ — सरकारले बजेट लगायतका अध्यादेश प्रतिनिधिसभामा पेस गरेको बुधबार ६० दिन पुग्दै छ । संविधानअनुसार संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ । तर ती अध्यादेशको टुंगो लाग्नुअघि नै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगन गरिएको छ । ‘संसद्मा अध्यादेश पेस भएको ६० दिनमा प्रतिस्थापन विधेयक नआएपछि अब स्वतः निष्क्रिय हुने अवस्था आयो,’ […]
नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेता आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् । माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो । त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेलाई बोलाइएको छ । पार्टी गठनपछि पहिलो बैठक बस्न लागेकाले आन्तरिक […]
काठमाडौँ — सोमबार लुम्बिनी आँखा केन्द्रमा गुल्मीका एक १० वर्षीय बालक आँखाको सबै पत्रमा पिप जमेको लक्षण लिएर आए । उनलाई चिकित्सकले ‘सापू’को शंका गर्दै शल्यक्रिया गरे । चिकित्सकका अनुसार उनमा सुधार आउन ३–४ दिन लाग्नसक्छ तर, आँखा नदेख्ने सम्भावना प्रबल छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार […]
काठमाडौं, ३० भाद्र । ‘राजनीतिमा आफ्नो र अर्काको नहुने’ भीम रावलले भोगेका छन् । उनले सुदूरपश्चिम पुगेर आफूलाई ज्यान दिन्छु भन्नेहरुले साथ छाडेको गुनासो पोखे । रावलकै पहलमा प्रदेशसभामा टिकट पाएर जितेका र समानुपातिकमा समावेश भएकाहरुले साथ छाडेका हुन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जका रुपमा रावलले निकटस्थहरुलाई टिकट दिलाएका थिए । तर, ती मध्ये […]
धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८५ जनाको कोरोना परीक्षण गरिएकोमा ३१ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जनाको आइसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको […]
राष्ट्रिय जनगणना २०७८ अन्तरगत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरणको काम शुरु भएको छ । यो काम असोज १८ सम्म २० दिन सञ्चालन हुनेछ । यस अवधिमा करिब ७० लाख घरपरिवारको विवरण संकलन गर्न ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् । तथ्यांक विभागका निर्देशक ढुण्डीराज नागहरेका अनुसार जनगणनाको स्थलगत सर्वेक्षणका दुई चरणमध्ये घर तथा […]
धनगढी: नेकपा (एकिकृत समाजवादी)को संसदीय दलको नेता चयन भएसँगै सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल एकिकृत समाजवादीले नै रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री पाउने सम्भावना छ। एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले एक हप्ताभित्र प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने बताइन्। उनले भनिन्, ‘संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनु भएको […]
३० भदौ, काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल […]