होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्। आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन्। प्रतिनिधिसभा बैठक […]
नागरिक रैबार/बाजुरा २७ भदौ। नेपाली काँग्रेस बडीमालिका नगरपालिका वडा नं. ८ को वडा सभापतिमा विरेन्द्र ऐडीले आफ्नो उम्मेदवारी रहने दावी गरेका । युवाहरुको प्रतिनिधित्व गर्दै वडामा बलियो काँग्रेस बनाउन वडा सभापतिमा आफ्नो उम्मेदवारी रहने ऐडीको भनाई छ । विद्यार्थी जिवन देखि नै राजनीतिमा प्रवेश गरेका ऐडीले वडामा पार्टीलाई एक ढिक्का बनाउनकै लागि भएपनि आगामी वडाको […]
पेरुको विद्रोही सङ्गठन साइनिङ पाथका संस्थापक नेता अबिमेल गुजम्यानको शनिबार ८६ वर्षको उमेरमा निधन भएको छ । उनी गोन्जालो उपनामले संसारभर चर्चित छन् । यी नेता दर्शनशास्त्रका पूर्व प्रोफेसर थिए । उनी सन् १९९२ देखि आजीवन कारावासको सजाय भोगिरहेका थिए । गत जुलाईमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल सारिएको थियो । पेरुमा १९८० यता […]
काठमाडौँको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाको खोलावाङ घर भएका अम्मर बहादुर रोका मगर छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइतबार आरोपीहरूलाई सार्वजनिक गरिएको हो । […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् । आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले माओले पार्टीमा आफू एक्लो महसुस गरेको सम्झिए । ‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिमको ईन्चार्ज लेखराज भट्ट नै रहेको बताईएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन नहुने बताउदै लेखराज नै ईन्चार्ज रहेको बताएका हुन्। आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने बताएका छन्। नेकपा […]
नागरिक रैबार/बाजुरा २७ भदाै । बाजुरामा प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश कुँवर रहेका छन्। शनिबार बिहान अस्थाई प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नुपर्यो, नगरे के हुन्छ भनि विवाद गरी हातपात समेत गरेको […]
धनगढीः एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएपछि भीम रावलले असहमति जनाएका छन्। आज बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएपछि उनी त्यसमा असहमत भएका हुन्। यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको […]
२७ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् । उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने […]
धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएकोमा आपत्ति जनाएका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघसंस्थाले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल नेकपा एमालेको भएको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद चल्छ भनी प्रश्न गरेका थिए । जवाफमा देउवाले भने ‘ओलीलाई सोध्नू ।’ आइतबार बसेको प्रतिनिधिसभाको दुईवटा बैठकमा दुबै बैठक एमाले सांसदहरुले अवरोध गरेका थिए । […]
नवगठित दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नागरिकताको समस्या धेरै हदसम्म समाधान भएको जनाएको छ । लोसपाले निर्वाचन आयोगलाई बुझाएको घोषणापत्रमा नेपालमा नागरिकता समस्या धेरै हदसम्म समाधान भए पनि तराईका जिल्लाहरुमा अझै केही हदसम्म समस्या विद्यमान रहेको जनाइएको छ । अन्तरिम संविधानमा रहेको नागरिकता सम्बन्धी प्रावधानलाई नै संविधानमा राख्नुपर्ने पार्टीको मान्यता रहेको लोसपाले जनाएको छ । […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको हो । आइतबार […]
डोटी, २७ भदौ: सेती नदीले बर्सेनि त्यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले त्यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम […]
एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलत्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो । परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै […]
नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् । १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेका छन् । साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी छन् । आजको प्रतिनिधिसभा […]
नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुवातदेखि नै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहज गर्न आग्रह गरेपनि एमालेले नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । अर्को बैठक केही बेरपछि बस्दैछ ।
आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका सांसद र सभामुख अग्निप्रसाद सापकोटाबीच दोहोरी चलेको छ । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर जस्ता नारा लगाए भने सभामुखले सदन सहज ढंगले सञ्चालन गर्न आग्रह गरे । एमाले सांसदहरु महेश बस्नेत, कृष्णगोपाल श्रेष्ठ, नीरु पाल लगायतले सभामुखविरुद्ध नाराबाजी गरेका थिए । एमाले […]
साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आइतबार कम्पनीले एक विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसनले सरकारको निर्देशनलाई पूर्ण पालना गरेको बताए । उनले कर्पोरेशनले आवश्यकताअनुसार बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिएको बताए । उनले भने, ‘हामीले सरकारले दिएको निर्देशनलाई पूर्ण पालना गरेका छौं । […]