होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । राजनीतिक दलहरू समावेशी बन्नुपर्ने आवाज बुलन्द भइरहेका बेला १४ औं महाधिवेशनको मुखैमा प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा चार जनामात्रै महिला चुनिएका छन् । यस्तै, दलित समुदायबाट प्रदेश […]
नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ।क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको छ। मंगलबार ८ जिल्लाको क्रियाशील नामावली समितिमा पुगेको हो।समितिले विवाद समाधान भएका काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने तयारी […]
मोरङ — बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एकदिने अध्यक्ष बनेर गाउँपालिका सञ्चालन गरिन् । बुढीगंगा–२ सक्माकी सुस्मितालाई ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले एकदिने अध्यक्षको जिम्मेवारी लिखितरुपमै हस्तान्तरण गरेका थिए । उनलाई आर्थिक र प्रशासनिक बाहेकका अधिकार दिइएको थियो । सुस्मिताले अध्यक्षको पदभार ग्रहण गरेपछि गाउँपालिका अध्यक्ष माझीलगायत गाउँपालिका परिवारलाई धन्यवाद ज्ञापन गरी […]
हुम्ला — सदरमुकाम सिमकोट बजारमा झन्डै दुई सातादेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासी १ सय रुपैयाँ तिरेर मोबाइल चार्ज गर्न बाध्य छन् । विद्युत् नभएको फाइदा उठाउँदै व्यापारीले जेनेरेटर र सोलारमार्फत मोबाइल चार्ज गरेको १ सय रुपैयाँ लिने गरेका हुन् । जेनेरेटर चलाएका पसलमा अहिले मोबाइल चार्ज गर्न कर्मचारी विद्यार्थी र स्थानीयको भीड लाग्ने गरेको छ । हिल्दुम साना […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए । राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी पर्यो भने हामी सडकमा […]
३० भदौ, काठमाडौं । मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क तोकिदिएको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको […]
नागरिक रैबार/बाजुरा ३० भदौ। सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आजबाट प्रथम त्रैमाशिक परीक्षा संचालन गरेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द भएको विद्यालयले कोरोना महामारीे नियन्त्रणमा आएपछि गत असार २५ गतेबाट विद्यालयमा पठनपाठन सूचारु गरेको थियो । कोभिड-१९ का कारण गत असार २५ गतेबाट विद्यालयमा स्वास्थ्यका मापदण्ड […]
काठमाडौँ — बुद्धिजीवी वरपर बस्छन् । गत वर्ष बनेको कानुन उल्लंघन नगरेको, पापकर्म नगरेको, झूटो नबोलेको भनेर गाउँका हरेक घरमूलीले अनिवार्य कसम खानुपर्छ । सत्य बोलेको छु भनेर तामाको ताउलो र ताउलोभित्रको खुकुरीको धारमा छोएर कसम खानुपर्ने नियम छ । स्थानीय भाषामा यसलाई ‘धर्म समात्ने’ भनिन्छ । यसका लागि भुजुङवासीले बर्सेनि भदौ अन्तिम साता सभा राख्छन् । यसलाई ‘भदौ सभा’ […]
हाल नेपालमा भारतको छत्तिसगढ र मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बुधबार देशभर सामान्य बदली रही बागमती, गण्डकी […]
धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन। राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको […]
‘टाउकोको औषधि नाइटोमा’ भनेझैँ सिरहाको औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै लाखौँ रुपैयाँको झुल खरिद गरेको छ । गाउँपालिकाले कोभिड–१९ महामारी नियन्त्रण गर्ने रकमबाट गाउँमा झुल वितरण गरेको हो । कोभिड–१९ महामारी नियन्त्रणका लागि चाहिने सामग्रीमा झुल पर्दैन तर औरही गाउँपालिकाले ५३ लाख ६९ हजार १९५ रुपैयाँ बराबरको झुल खरिद गरेर वितरण गरेको देखाइएको छ […]
कर्णाली: प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ।नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ। यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ। गत […]
काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च रोकिंदा केही सेवा प्रवाह प्रभावित हुनेछन् । सरकारी ढुकुटीबाट खर्च गर्न रोकिने […]
काठमाडौं । आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर-घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले जानकारी दिए । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने […]
३० भदौ, काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ । यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण […]
काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । ‘स्वयम्भूको ठूलो भर्याङमा ९ दिनअघि भएको […]
२९ भदौ, काठमाडौं । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हेर्नुहोस् को कहाँ सरुवा भए ? https://drive.google.com/file/u/0/d/1UcP6QfkkNS3icWPfDUID8Rl3rUSOQBQ2/view
२९ भदौ, धनगढी । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् । ‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा […]
सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न बाटो खुला गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरुले दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी […]
काठमाडौं, २९ भदौ । भोलिबाट मुलुुक बजेट विहिन हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएपछि मुलुक भोलिबाट बजेनविहिन हुने भएको हो । यसकारण सरकारी खर्च भोलिबाट रोकिनेछ । विधेयक भदौ ३० गतेसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निस्क्रिय हुने देखिएको छ । यो […]