होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा पनि ३ दिन सम्म संविधान दिवस मनाइने
समाचार

बाजुरामा पनि ३ दिन सम्म संविधान दिवस मनाइने

  • नागरिक रैबार
बाजुरामा पनि ३ दिन सम्म संविधान दिवस मनाइने

नागरिक रैबार/बाजुरा २९ भदाै। बाजुरामा पनि संविधान दिवस ३ दिन सम्म भव्यताका साथ मनाइने भएको छ । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन तयारी गरे संगै बाजुरामा पनि ३ दिन सम्म भव्यताका साथ मनाउने तयारी गरेको छ ।

संविधान दिवस मूल समारोह जिल्ला समितिको सोमबार जिल्ला प्रशासन कार्यालय बाजुराको हलमा बसेको बैठकले जिल्ला स्थित सरकारी कार्यालय संघ संस्था बिद्यालयहरूले कार्यालयको प्राङ्गण सरसफाइ गरी कार्यालयमा राष्ट्रिय झण्डा एवंम ब्यानर सजाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन्।

No description available.

विज्ञापन

सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभइ सबैको सहभागीताका साथ दिवस मनाउने संविधान दिवस मूल समारोह जिल्ला समिति बाजुराले जनाएको छ । दिवस असोज २, ३ र ४ गते गरि ३ दिन सम्म मनाउने निर्णय गरीएको हो ।

प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्थित धार्मीक तथा पर्यटकिय क्षेत्रको सरसफाइ गर्ने, जिल्ला स्थित सरकारी कार्यालय तथा सार्बजनिक ठाउँहरूमा दिप प्रज्वलन गर्ने, जिल्ला स्थित स्थानिय संचार माध्यामबाट नेपालको संविधानमा केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको प्रजिअ अधिकारीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार