होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीसँग असन्तुष्ट बनेका भीम रावलले धनगढी पुगेर के भने ?
समाचार

ओलीसँग असन्तुष्ट बनेका भीम रावलले धनगढी पुगेर के भने ?

  • नागरिक रैबार
ओलीसँग असन्तुष्ट बनेका भीम रावलले धनगढी पुगेर के भने ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा अझै अन्तर्विरोध झेल्नुपर्ने टिप्पणी गरेका छन् । धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पार्टीको विवाद समाधानका लागि १० बुँदे प्रस्ताव तयार भएको र त्यो कार्यान्वयन भइसकेको बताए । उनले १० बुँदेको २ नम्बर बुँदालाई सम्झाउँदै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरे ।

अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिमको इञ्चार्जमा पूर्व माओवादीका नेता लेखराज भट्टलाई नै निरन्तरता दिएपछि ओलीसँग असन्तुष्ट रहेका रावलले १० बुँदेलाई अक्षरस पालना गर्नुपर्ने बताए । तर, उनले पार्टी फुटाउने विषय कुनै व्यक्तिको स्वार्थबाट केन्द्रित भएको पनि उल्लख गरे ।

हामीले अझै अन्तविरोध झेल्नुपर्ने छ । जतिबेला केही नेताहरुलाई पार्टीबाट निकालिएको भनिएको थियो, त्यतिबेला त हामीले नयाँ पार्टी खोलेनौं । १० बुँदे कार्यान्वयन भइसकेपछि अब नयाँ पार्टी के का लागि खोल्ने ?,’ रावलले भने। १० बुँदे कार्यान्वयन गर्नु प्रत्यक नेता कार्यकर्ताको कर्तव्य भएको रावलको भनाई थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार