होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ थप दुई सय २२ विद्यालयमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पाँच प्रदेशमा चालु आर्थिक वर्ष भित्र एक विद्यालय एक नर्स कार्यक्रम सुरु हुने भएको हो । यो पटक प्रदेश १ र बाग्मती प्रदेश बाहेक ५ प्रदेशमा एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको हो […]
धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो । प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय […]
काठमाडौं, २८ भाद्र । रोशनी शाही प्रकरणले कृष्णबहादुर महरा सभामुखबाट राजीनामा दिन वाध्य भएपछि अग्निप्रसाद सापकोटाको भाग्योदय भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रोजाईमा परेका सापकोटालाई रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लागिरहे । सुवास नेम्वाङलाई अगाडि सारियो । तर, ओलीको पनि केही लागेन । सापकोटाले बाजी मारे । सापकोटाविरुद्ध माओवादी सशस्त्र द्वन्द्वका बेला […]
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी अघि नबढाउन चेतावनी दिएका छन् । सोमबार काठमाडौको खुलामञ्चमा आयोजित एमसीसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेपाली जनताको विरोध हुँदाहुँदै एमसीसी अघि बढाएर अमेरिकी साम्राज्यवादीको दलाल नबन्न चेतावनी दिएका हुन् । त्यसक्रममा उनले अमेरिकालाई समेत नेपाली जनतासँग एमसीसी लादेर जोरी नखेल्न चुनौती दिए […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । ओलीले […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् । सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् […]
२८ भदौ, काठमाडौं । नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ ।सोमबार नेकपा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेश गर्न अनुमति दिए । त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेश गरे । बैठकको सुरुमा नै एमाले […]
कास्की — ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ एक वर्षअघि जन्मदिने आमा गुमाएकी चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यस वर्षको तीज गीत हो यो । २४ दिनअघि (भदौ ३) मात्रै सपना म्युजिक इन्डस्ट्रिजको युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत अहिले युट्युब ‘टेन्डिङ’ […]
धनगढीः नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी आउने भएका छन्। रावल भोली (मंगलबार) धनगढी आउने स्रोतले जनाएको छ।यसअघि आईतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। ओलीले यस्तो भनिदिएपछि रावल तनावमा परेको बताईएको थियो। यसै सन्दर्भमा रावलले हिजै आफू निकट सांसद र नेताहरुलाई सिंहदरबार बोलाएर […]
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न असोज ५ गतेका लागि बैठक बोलाएको नेता विरोध खतिवडाले रातोपाटीलाई बताए । बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ । उनले भने, ‘नयाँ पार्टी बनेको छ । पार्टीको जिल्ला नेतृत्वको जिम्मेवारी […]
नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र […]
काठमाडौँ- राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले […]
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँ बताए । सभामुख सापकोटाले भने एमाले संसदीय दलको […]
नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा आइतबार राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयले भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् । बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पूर्वी गाभरमा बाघ देखेपछि स्थानीयलाई पहिल्यै सतर्क गराइएको थियो । बाघको […]
उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसिएले सोमबार यसबारे जानकारी दिएको हो । सप्ताहन्तभर चलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ । उत्तर कोरियामाथि विगतमा कडा नाकाबन्दी लगाउने गरी राष्ट्रसंघबाट संकल्प प्रस्ताव पास भएको थियो खाद्यान्न संकट […]
काठमाडौं । ५७ औँ राष्ट्रिय बाल दिवस भोलि मनाइने भएको छ ।यसवर्षको नारा ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ तय गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी […]
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने […]
काठमाडौं, २८ भाद्र । नेकपा एमाले विभाजनको विपक्षमा उभिएका भीम रावललगायतका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारोमा पारेका छन् । पार्टीलाई २ जेठ २०७५ को अवस्थामा राखेर अगाडि बढ्ने सहमति गरेका ओलीले अहिले आएर हुबहु त्यसको कार्यान्वयन नहुने स्पष्ट पारेका छन् । एमाले उपाध्यक्ष भीम रावल ओलीको पेलाईमा परेका छन् । १० बुँदे कार्यान्वयन अनुसार […]
काठमाडौँ — अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको संसद्बाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जाने बताएको छ । नेपालको चारदिने भ्रमण सकेर आइतबार बेलुकी स्वदेश फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा एमसीसी उपाध्यक्ष फातिमा सुमारले सम्झौता संसद्बाट अनुमोदन अत्यन्त जरुरी रहेको बताएकी हुन् । नेपाल र अमेरिकी सहयोग निकाय एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा ऊर्जा र सडक […]
धनगढीः नेपाल सरकारले कार्यकता खुसी पार्न १० करोड सम्मका योजना उपभोक्ता समितिलाई कार्यान्वयनका लागि दिने तयारी थालेको छ। सरकारले बेरोजगार युवाहरुको श्रम समूह वा सहकारीलाई योजना दिने गरी आध्यादेश बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो। अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक फाइदाका लागि कार्यकता खुसी पार्न १० करोडसम्मका योजना कार्यान्वयनका लागि उपभोक्ता समितिलाई दिने बाटो खोल्न अध्यादेश सभामा […]