होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा भीम रावलको कार्यकर्ता भेला, कञ्चनपुरमा व्यस्त लेखराज भट्ट
प्रदेश ७

धनगढीमा भीम रावलको कार्यकर्ता भेला, कञ्चनपुरमा व्यस्त लेखराज भट्ट

  • नागरिक रैबार
धनगढीमा भीम रावलको कार्यकर्ता भेला, कञ्चनपुरमा व्यस्त लेखराज भट्ट

धनगढी : एमाले सुदूरपश्चिमको इन्चार्जको विषयमा उपाध्यक्ष भीमबहादुर रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ। दुबै नेता अहिले गृह प्रदेश सुदूरपश्चिममा छन्।

भीम रावल आज मध्यान्न धनगढी पुगेका हुन् भने सोमबारदेखि कैलालीमा रहेका भट्ट आज कञ्चनपुर गएका छन्। एमाले उपाध्यक्ष रावलले अहिले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन्।

उनले १० बुँदे कार्यान्वयनबाट कसैले पनि पन्छिन नहुने बताउँदै नेकपा एमाले एकतावद्ध भएर अगाडि बढ्ने दाबी गरे। ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने।

विज्ञापन

उता पूर्वमन्त्री तथा एमाले नेता भट्ट भने सुख्खा बन्दरगाहको अनुगमनका लागि कञ्चनपुरको दोधाराचाँदनी पुगेका छन्। त्यहाँ प्रेस चौतारीले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज घोषणा गरेपछि भट्ट पार्टीलाई गतिशिल बनाउने भन्दै सुदूरपश्चिम आएका हुन्। कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधीसंग भेट गरिसकेका छन्।

भोलि कैलालीको गेटामा निर्माणधिन मेडिकल कलेजको बारेमा हुने छलफलमा भट्ट उपस्थित हुने कार्यक्रम छ। रावल र भट्टबीच भेटवार्ता हुने कुनै कार्यक्रम भने तय नभएको एमाले नेताहरुले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा
समाचार
सुदूरपश्चिम सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा आजदेखि सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आइतबार अत्तरियास्थित […]

  • २ दिन अगाडि