होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – आज माघे संक्रान्ति । यसलाई कतै मकर संक्रान्ति त कतै माघी पनि भनिन्छ । फरक–फरक समुदायमा भिन्न नामले चिनिने यो पर्व मैथिली र थारू समुदायमा नयाँ वर्षका रूपमा मनाईन्छ । नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । तारो हान्ने […]
नुवाकोट– नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ । आज नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइन लागेको हो । प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ । तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र […]
सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। सुदूरपश्चिम सरकारले माघे संक्रान्ति र माघी पर्वकाको अवसरमा १ गते सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
काठमाडाैं, १६ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी आज राष्ट्रिय टोपी दिवस मनाइँदै छ । अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन […]
आफ्नो सीप र कला सिर्जना गर्ने हामी व%A
सन् १९९१ देखि हरेक वर्ष २५ नोभेम्बरदेखि डिसेम्बर १० सम्म ६००० भन्दा बढी संघसंस्था र १८७ भन्दा बढी देशमा एकसाथ मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि मुलुकभर निकै तामझामका साथ मनाइरहेका छन् । “समानताको पुस्ता: बलात्कार विरुद्धको ऐक्यवद्धता” नारा रहेको यस वर्षको लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान विशेषत छोरीचेलीमाथि हुने […]
इटहरी–समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् । इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता […]
आजको युग लोकतान्त्रिक बिज्ञानको युग हो । बिज्ञानका हजारौं तथ्थहरुले मान्छे सबै एउटै भन्ने कुरा प्रमाणित गरिसकेको छ । यो एकपटक मात्र होईन । सयौं पटक प्रमाणित भईसकेको छ । हिन्दु धर्मका नाममा कथित पण्डित बाह्मण भन्नेहरुले धर्मको नाममा जातीय भेदभाब तथा छुवाछुत प्रथालाई कामय गरिरहेका छन । त्यसैको सहाराले दलित समुदायलाई कथित अछुत र […]
नागरिक रैबार/बाजुरा २ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जनालाई नियन्त्रणमा लिएको छ । मंसिर १ गते लागेको पञ्चमी मेलालाई भाड्ने उद्देश्यले मेलामा मदिरा सेवन गरेको आरोपमा बुढीगंगा नगरपालिकाको बाह्रविसबाट २९ जना बढीगंगाकै टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ […]
आज २०७६ कार्तिक ३० गते शनिबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ […]
डडेल्धुरामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज देहिजात मेला सुरु भएको छ। सोमबार परेको कात्तिक शुक्ल पूर्णिमाका रात (रतेडी) भएको देहिजातमा आज दोस्रो दिन (दिउसेडी) मेला लागेको छ। प्रदेशका नौ वटै जिल्ला सहित छिमेकी प्रदेश सहित भारतका विभिन्न स्थानबाटपनि मेला भर्न दर्शानार्थी डडेल्धुरा पुगेका छन्। देहीजाँतमा खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण ९भण्डार० […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया ३५ वर्षपछि विवाह बन्धनमा बाँधिने भएका छन् । बुढीनन्दा नगरपालिका ७ मा ३५ वर्ष अघि जन्मेका राेकायाले बुढीनन्दा नगरपालिका ९ कि संगिता बोहरासंग आफ्नो ३५ वर्षे उमेरमा लगनगाँठो कस्न लागेका हुन् । रोकाया र बोहरावीचको ३ वर्षको प्रेम सम्वन्धपछि अन्ततः आगामी मंसिर ३ […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। त्रिवेणी नगरपालिकामा भूमि पुजन गायत्री महायज्ञ हुने भएको छ । नगरपालिकाको आयोजनामा पहिलो पटक कार्तिक २६ गते देखि २८ गते सम्म लाग्ने भएको हो । भवन लगाउन भन्दा अगाडि महायज्ञ हुन लागेको हो । महायज्ञमा संकलन भएको रुपैयाँ दुखी र विपद्मा परेका व्यत्तिहरुलाई सहयोग गर्ने छन् । नगरपालिकाको केन्द्रविन्दु वडा नम्बर […]
छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ। आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ। दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्। पारिवारिक एवं सन्तानको सुखसमृद्धिको कामना गरी नियम पूर्वक मनाइने यस वर्षको छठ […]
जनकपुर– मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार(आज) देखि शुरू हुँदैछ ।मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।सूर्य उपासना परम्पराको मोहक […]
हिन्दुहरुका महान चाड दशैँ र तिहार सकिएसंगै सुदूरपश्चिमको पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिना सम्म जात्रा लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर […]
जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ गएकाे छ । विशेष गरी यी बाजाहरु दशै तिहार छट, विवाहमा मेला र पर्वहरुमा बजाइने यो बाजा सुदूरपश्चिम तथा मध्यपश्मिमा बजाइने लोकप्रिय बाजा हो । बाजुराका ग्रामिण क्षेत्रका गाउँघरमा लोकप्रिय बाजा दमाह अहिले काँहीकतै गाउँघरमा फाडफुट देख्न तथा बजेको सुन्न पाइन्छ । दमाह बाजा […]
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ […]
काठमाडौं, असोज २६ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार […]