होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ७६३ […]
यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर […]
सुर्खेत– कालीकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् । एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्ने चिन्ताले उहाँ दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत आइपुगे । […]
नागरिक रैबार/बाजुरा २७ असाेज। बाजुराको सदरमुकाम मार्तडीमा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीस्थित खुलामञ्चमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराको आयोजनामा नेपाली सेना दुर्गाभन्ज्याङ गुल्म, नेपाल प्रहरी र ससस्त्र प्रहरीले आगो नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरेको हाे । बाजुरा जिल्लामा वर्षेनि […]
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको […]
नागरिक रैबार बाजुरा २६ असाेज। नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बाेगटीले प्रदेश सभा (क) काे लागि स्वतन्त्रबाट दर्ता गरेकाे उम्मेदवारी फेर्ता गरेका छन् । नेता बाेगटीले बुधबार जिल्ला समन्वय समितिमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा गएर स्वतन्त्रबाट दर्ता गरेकाे उम्मेदवारी फेर्ता गरेका हुन् । उनले प्रदेश ( क) मा एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारि दर्ता […]
डडेलधुरा — डडेलधुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ । उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं’, उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत […]
पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह छन् । वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए । ६० […]
मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ […]
प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवार बिरुद्ध परेको छ । देशैभरिका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो […]
फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले […]
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो । डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । उनले भने, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी […]
नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नु […]
कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत हरेका छन् ।उनी कालिकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए । सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी […]
हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका […]
दमक — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् । ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी […]
डडेल्धुरा,असोज २३ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ ।उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांगे्रसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै हुनुहुन्छ । प्रधानमन्त्री […]
काठमाडौँ,२३ असोज । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो ।उनका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी […]
धनगढीः सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध […]
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र […]