होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • त्रिवेणी ७ घटना: चेतनको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता
बाजुरा बिशेष

त्रिवेणी ७ घटना: चेतनको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

  • नागरिक रैबार
त्रिवेणी ७ घटना: चेतनको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

नागरिक रैबार/बाजुरा ६ म‌सिर। बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ । ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी सूर्यबहादुर थापाले बताएका छन् ।

मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए । मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले बताए ।

अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यहि राति मृत्यु भएको हो । उनको शव अहिले अस्पतालमा छ । हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र शव पोस्टमार्टम गरेर दाहसंस्कार गरिने एमालेका नेता थापाले बताए ।

विज्ञापन

निर्वाचनको दिन प्रहरीको गोली लागेर ज्यान गुमाएका सोही वडाका २६ वर्षीय सन्दिप ऐडीको पनि शव उठाइएको छैन् । सन्दिपको शव घटनास्थलमा नै रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । गोली लागेर मृत्यु भएका सन्दिप वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार